Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराकुटेन भाइबरद्वारा ‘ब्याटल अफ क्रिकेट’ नामक च्याटबट सुरु

राकुटेन भाइबरद्वारा ‘ब्याटल अफ क्रिकेट’ नामक च्याटबट सुरु


काठमाडौं ।
राकुटेन भाइबरले ‘ब्याटल अफ क्रिकेट’ नामक च्याटबट सुरु गरेको छ । यो च्याटबटले क्रिकेट प्रेमी प्रयोगकर्ताहरुलाई क्रिकेट खेलहरुसँग सम्बन्धित विषयमा एक आपसमा अन्तरक्रिया गर्न, रमाइला कुराकानी गर्न र रोमाञ्चक उपहारहरु जित्ने अवसर दिनेछ ।

यो सिजनमा केही क्रिकेट प्रतियोगिताहरु रद्द हुनाले क्रिकेट प्रेमीहरुलाई ठूलो निराश बनाएको छ । तर, भाइबरले प्रयोगकर्ताहरुको मनोदशालाई महसुस गरेको र सोही कुरालाई मनन गरेर भाइबरले यो क्रिकेट च्याटबट प्रस्तुत गरेको बताएको छ । यो विशेषतालाई नेपाल, बंगलादेश र श्रीलंकाका प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले स्कोर आकलन गर्न सक्ने मात्र नभई उपहार पनि जित्न सक्नेछन् । यसका साथै, भाइबरले पूर्वक्रिकेटरहरु हबिबुल बशार सुमन र शहृयर नफीस, जो उनीहरुको अद्वितीय करियर र क्रिकेटको लागि माहिर मानिने हुनाले परीचित छन्, उनीहरुले कुनै पनि खेलअगावै आफ्नो विशेषज्ञता अनुरुपको स्कोरको आंकलन दिन उनीहरुलाई आबद्ध गरेको छ ।

च्याटबटका प्रयोगकर्ताहरुले हबिबुल र शहृयर दुवैजनाबाट स्कोर अनुमान प्राप्त गर्ने मौका पाउनेछन्, जसले उनीहरुको आफ्नो दक्षता र विज्ञता प्रयोग गरेर स्कोर आंकलन तथा आउँदो खेलहरुका बारेमा चर्चा गर्नेछन्, साथै विशेष सामग्रीहरुका साथ उपस्थित हुनेछन् । उनीहरुले सबै खेलहरुमा दिएको मन्तव्यहरुलाई च्याटबटमा पोस्ट पनि गरिनेछन् ।

भाइबर प्रयोगकर्ताहरुलाई सही भविष्यवाणीका लागि उपहार जित्ने मौका पनि प्राप्त हुनेछ । जसले सही जवाफको आंकलन गर्नेछ, उसले दैनिक रुपमा उपहारहरु र अंकहरु बटुल्नेछ । यसरी प्राप्त गरेको अंकको आधारमा भाइबरले विजेता सूची निर्माण गर्नेछ ।

हरेक आइतबार, विजेता सूचीको शीर्ष ३ मा रहेका प्रयोकगर्ताहरुले साप्ताहिक उपहारहरु प्राप्त गर्नेछन् । इच्छुक प्रयोगकर्ताहरुले यसलाई भाइबरको स्वामित्वको भुक्तान गरिएको स्टिकर प्याक र भाइबर आउट क्रेडिटहरु पनि प्राप्त गर्न सक्नेछन्, जसलाई उनीहरुले कोडहरु प्रयोग गरेर विनिमय गर्न सक्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया