डिशहोम एफसी चितवनको प्रायोजक
काठमाडौं ।
नेपालमा पहिलोपटक आयोजना हुनलागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगमा सहभागी टिम एफसी चितवनलाई डिशहोमले प्रायोजन गरेको छ ।डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्य र एफसी चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्वारा एफसी चितवनलाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
भरत खवास मार्की प्लेयर रहेका एफसी चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, इजिप्सियन खेलाडीद्वय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहेको एफसी चितवनमा विकास खवास, विकास तामाङ, विवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की, विशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारीलगायतका खेलाडीहरु रहेका छन् ।
एफसी चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ । नेपाल स्पोट्र्स इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लवले ट्रफिको लागि प्रतिस्पर्धा गर्नेछन् । सबै २५ खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया