धादिङ ।
गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ६ वर्षअघि गएको भूकम्पपछिको पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । निजी आवास पुनर्निर्माणमा उल्लेख्य प्रगति भए पनि विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणको काम भने खासै प्रगति भएको छैन । नागरिकले आधारभूत स्वास्थ्य सेवा लिने स्वस्थ्य चौकीको पुनर्निर्माणको काम भने भर्खर सुरु भएको छ ।
धादिङका ४९ स्वास्थ्य चौकी भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त बनाएकामा अझैसम्म पनि प्रिफ्याबबाहेकको पक्की संरचना एक मात्र निर्माणसम्पन्न भएको छ । २२ वटा स्वास्थ्य चौकी भवनको निर्माण भर्खरै सुरु भएको छ । १० स्वास्थ्य चौकी भवनको निर्माण सुरु नै हुन सकेको छैन र यो निर्माणका लागि तयारी हुँदै गरेको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका प्रमुख रबिन श्रेष्ठले जानकारी दिए ।
विद्यालयको पुनर्निर्माणको काम हेर्दा अझै पनि केही विद्यालय टहरामा र भाडामा लिएर सञ्चालन गरिरहनुपरेको छ । सिद्धलेक गाउँपालिकाको मिन्दुका मावि भवन भारत सरकारले निर्माण गर्ने जिम्मा लिएपछि घर खार्दाखार्दै ठेकेदारले समेत छाडेर हिँडेको छ । भवन भत्किएको छ वर्ष भइसक्दा समेत पढाइ टहरामा चलिरहेको थियो । दुई वर्षदेखि भाडाको घरबाट कक्षा सञ्चालन भइरहेको छ । भारत सरकारले निर्माणको जिम्मा लिएका जिल्लाका १० ठूला विद्यालय सबै अलपत्र परेका छन् । भूकम्पका कारण पाँच सय ८३ विद्यालय भत्किएकामा हालसम्म तीन सय १८ विद्यालय निर्माण भएको छ ।
बाँकी विद्यालय निर्माणको चरण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका सूचना अधिकारी ईश्वर श्रेष्ठले जानकारी दिए । ८४ हजार आठ सय ३४ लाभग्राही कायम भएको धादिङमा अनुदान सम्झौता गरी ८१ हजार पाँच सय ७६ ले पहिलो किस्ता रकम लगेका छन् ।
अनुदान सम्झौता गरेकामध्ये ६९ हजार दुई सय ७५ घरले मात्र निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका व्यवस्थापन सूचना प्रणालीविज्ञ दीपेन्द्र पौडेलले बताए ।
निजी आवास पुनर्निर्माणको काम ९१ दशमलव ४२ प्रतिशत सम्पन्न भएको देखिन्छ । जनताको आधारभूत अधिकारका रूपमा रहेको स्वास्थ्य र शिक्षातर्फ पुनर्निर्माण नसकिँदा नागरिकको मौलिक हकसमेत हनन भएको अधिकारकर्मीको भनाइ छ । जिल्ला सदरमुकाममा सरकारी भवन भने यसअघि नै निर्माण भइसकेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया