Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेकसाथी तेस्रो वर्षमा प्रवेश

टेकसाथी तेस्रो वर्षमा प्रवेश


काठमाडौं ।
टेक्नोलोजी पोर्टल टेकसाथीले स्थापनाको दोस्रो वर्ष पूरा गरेको छ । स्थापनाको छोटो समयमै लोकप्रिय बन्न सफल टेकसाथी तेस्रो वर्षमा प्रवेश गरेको हो । तेस्रो वर्ष प्रवेशको अवसरमा कम्पनीले यसै वर्षदेखि विद्यार्थी, नवप्रवर्तन व्यवसायी र युवा उद्यमीलाई लक्षित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

टेकसाथीले सूचना प्रविधिसम्बन्धी गतिविधि आम पाठकसामु पु-याउँदै आएको छ । त्यस्तै, यस कम्पनीले सूचना तथा प्रविधि समाचार, प्रविधि बजारको अवस्था, विभिन्न प्राविधिक उपकरणहरूको समीक्षा र नवप्रवर्तन व्यवसायको सफलताका विषयमा समाचार एवं जानकारी सम्प्रेषण गर्दै आएको छ ।

नेपाली बजारमा उपलब्ध हुने नयाँ प्रविधि, उपकरण र तिनीहरूको उपयोगिताबारे पाठकलाई सबैभन्दा पहिले टेकसाथीले जानकारी गराउने गरेको छ । नेपालमा नवीन व्यवसाय गर्नेको संख्या बढिरहेको अवस्थामा टेकसाथीले उनीहरूको बलियो समर्थकका रूपमा आफूलाई अघि सारेको कम्पनीले जनाएको छ । ‘टेकसाथीले नेपालमा उद्यमशीलता विकास गर्न चाहने सबैका लागि आफूलाई बलियो समर्थक बनेर उभ्याएको छ,’ कम्पनीले भनेको छ । यसका अतिरिक्त नेपाली ब्राण्ड, नवप्रवर्तन व्यवसाय र उनीहरूका गतिविधि एवं नेपाली उत्पादनको प्रवर्द्धनमा पनि टेकसाथीले आफूलाई उभ्याएको छ ।

नेपालमा सूचना प्रविधिको क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रम एवं कार्यशालाको जानकारी पनि टेकसाथीले दिँदै आएको छ । यसका साथै कम्पनीले एसियाको सबैभन्दा ठूलो सूचना प्रविधि सम्मेलन एडीएपीटी कन्भेन्सनको सहआयोजकको रूपमा पनि काम गरिसकेको छ । कम्पनीले विभिन्न ह्याकाथन एवं सूचना प्रविधिसँग सम्बन्धित गतिविधिमा आफूलाई साझेदारका रूपमा पनि पटक–पटक प्रस्तुत गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया