Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखामा निजी आवास पुननिर्माणमा १९ अर्ब ८५ करोड ५८ लाख खर्च, ९० प्रतिशत घर बने

दोलखामा निजी आवास पुननिर्माणमा १९ अर्ब ८५ करोड ५८ लाख खर्च, ९० प्रतिशत घर बने


दोलखा ।
भुकम्पले ध्वस्त बनाएका निजी आवास निर्माणका लागि दोलखामा १९ अर्ब ८५ करोड ५८ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । भुकम्प गएको छ वर्षको अवधिमा निजी आवास निर्माणका लागि सरकार र विभिन्न आवास निर्माणको लागी आएका दातृ निकाय तथा गैरसरकारी संघसंस्थाको तर्फबाट जिल्लाभर उक्त रकम खर्च भएको जिल्ला स्तरीय आयोजना कार्यान्वय इकाई तथा स्थानीय पुर्वधारको कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा सरकारका तर्फबाट निजी आवास निर्माणका लागि १९ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ । यस्तै विभिन्न सहयोगी दातृ निकायबाट ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ खर्च छ । यसैगरि हालसम्म यहाँ ९० प्रतिशत घरको पुननिर्माण सकिएको छ ।

हालसम्म पहिचान भएका ७३ हजार ५ सय ७२ जना भुकम्प पिडीतमध्ये ६२ हजार ९ सय २१ जनाले तेस्रो किस्ताको रकम लिईसकेको जिल्ला स्तरीय आयोजना कार्यान्वय इकाई तथा स्थानीय पुर्वधारको कार्यालय दोलखाका प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्लामा पहिलो किस्ता ६९ हजार २ सय ७ जनाले र दोस्रो किस्ता ६६ हजार ४९ जनाले लिएका छन् ।

दोलखामा अझै करिब १० प्रतिशत घरको पुननिर्माण हुन बाकी रहेको छ । जिल्लामा एकीकृत बस्ती निर्माण सुस्त हुँदा पुननिर्माण सक्न ढिलाइ भएको हो । त्यसैगरी दोस्रो र तेस्रो किस्ता निकासा नहुँदा भुकम्प पीडितलाई घर बनाउन समस्या भएको पीडितले गुनासो गर्दै आएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया