Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनियो डिजिटलले ल्यायो नयाँ गेम ‘ब्रामो’

नियो डिजिटलले ल्यायो नयाँ गेम ‘ब्रामो’


काठमाडौँ ।

सफ्टवेयर इन्जिनियरहरुले सुरु गरेको कम्पनी नियो डिजिटल प्रालि मोबाइल गेम पारखीहरुको लागि ‘ब्रामो’ गेम लञ्च गरेको छ । ‘ब्रामो’ नामको यो गेम थ्रीजी आरपीजी मोडेलमा नेपालमै प्रथमपटक प्रारम्भ गरेको कम्पनीका सञ्चालक तथा निर्माता रितेश भट्टराईको दाबी छ । भर्खरै हाई स्कुल लेभल उत्तीर्ण युवा प्रतिभा युमिस निरौलासँग मिलेर यो गेम बनाउन एक वर्षभन्दा बढी समय लागेको उनले बताए ।

कुनै गाउँमा राक्षसहरूले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी युवाले कसरी गाउँले र गाउँको रक्षा गर्छन् भन्ने कथामा यो गेम आधारित भएको निरौलाले बताए । नेपालमा मोबाइल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ मोडलमा मोबाइल भर्सनमा यो नै पहिलोपटक लन्च भएको उनको दाबी छ । ब्रामोको प्रारम्भसँगै नेपालमा मोबाइल गेम निर्माणमा ठूलो सघाउ पु¥याउने उनले बताए ।

गएको महिना उपभोक्तामुखी पेशा व्यवसायको लागि कस्टुमर रिलेसनसिप म्यानेजमेन्ट (सीआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटीको लागि भनेर आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको बताएको छ । प्ले स्टोरमा उपलब्ध यो निःशुल्क डाउनलोड गरी जोसुकैले खेल्न र आनन्द लिन सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध

तपाईको प्रतिक्रिया