पाकिस्तानमा ४०–४९ वर्ष समूहका नागरिकलाई खोप लगाइँदै
इस्लामावाद ।
पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ विरूद्धको खोप अभियान सुरू गर्ने बताएको छ । पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी) का अध्यक्ष असद उमरले बिहीबार उक्त जानकारी गराउनुभएको हो ।
खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्टि व्यक्त गर्दै उमरले ट्विटरमा भनेका छन्, ‘बिहीबार लगातार दोस्रो दिनमा खोप लगाउने नागरिकको सहभागिता सन्तोषजनक छ ।’ पाकिस्तानले दोस्रो दिनमा एक लाखभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ ।
यसअघि मंगलबार, पाकिस्तानले ४०–४९ उमेर समूहका नागरिकको लागि कोभिड–१९ खोपका लागि नाम दर्ता गर्न सुरू गरेको थियो । पाकिस्तानले ५० वर्षभन्दा माथि उमेरसमूहका सबै नागरिकका लागि चीनले सहयोग उपलब्ध गराएका कोभिड–१९ खोप लगाउन अनुमति दिइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया