कसैप्रति लक्षित निर्णय गर्दा व्यापारमा पुनः संरचना असम्भव : डब्ल्यूटीओ प्रमुख
अमेरिका ।
विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का प्रमुखले विश्वका कुनै पनि मुलुकलाई लक्षित गरी हुने निर्णयले विश्व व्यापार क्षेत्रमा पुनः संरचना असम्भव हुने धारणा राखेकी छिन् ।अन्य अन्तर्राष्ट्रिय शक्तिको चीन लक्षित निर्णयको सामना गर्नु नपरेको खण्डमा विश्वव्यापी व्यापार सुधारमा चीनबाट सहयोग हुने बढी सम्भावना रहेको उनले बताएकी हुन् ।
चीनजस्तो शक्तिशाली राज्यको स्वामित्वमा रहेका उद्यमहरूकाबारेमा संयुक्त राज्य अमेरिका, युरोपियन संघ र जापानले चिन्ता व्यक्त गर्दै विश्व अर्थतन्त्र बिग्रेको अवस्थामा औद्योगिक छुटमा रोक लगाउन जोड गरिरहेका छन् । तर चीन यसको पक्षमा देखिन्न ।
उनीहरूको प्रस्ताव पवारित हुन चीनसहित डब्ल्यूटीओका १ सय ६४ सदस्यहरूको सर्वसम्मतिमा अनुमोदन चाहिन्छ । उनीहरूको तर्क छ कि चीनले अब विकासोन्मुख देशहरूका लागि दिइने सुविधाको फाइदा लिनुहुँदैन किनकि यो क्रमशः विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ ।
गत सोमबार युरोपेली संघले आयोजना गरेको कन्फ्रेन्समा डब्ल्यूटीओका महानिर्देशक नोगोजी ओकोन्जो–इभिलाले भनिन्, ‘मैले चीनसँग गरेको सम्झौता एकदमै रचनात्मक भएको छ र मलाई लाग्छ कि यदि हामीले त्यस्ता औद्योगिक अनुदानबाट आएको नकारात्मक ‘स्पिलओभर’को बारेमा तथ्यलाई टेबुलमा राख्यौं र त्यसलाई चीनसँग समन्वय ग¥यौं भने उनीहरू त्यो हेर्न इच्छुक हुनेछन् ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया