श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार कायम गरिने
काठमाडौँ ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने भएको छ । शनिबार १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आर्थिक वर्ष २०७८÷०७९ बाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ हुने गरी वृद्धि गरिने बताएका हुन् ।उनले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आव २०७८÷०७९ बाट न्यूनतम पारिश्रमिक पुनरवलोकन गरी १५ हजार रुपैयाँ पु¥याउने तथा सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए । यसअघि श्रमिकको न्यूनतम परिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ रहेको थियो ।
प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाई श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई प्रवद्र्धन गरेको समेत बताएका छन् ।यस्तै उनले आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँको बीमा गरिएको बताए । ‘वि.सं. २०७५ मंसिर ११ बाट योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भइसकेको छ, वैदेशिक रोजगारीमा भएकाको सुविधाका अनलाइन श्रम स्वीकृति प्रणाली अगाडि ल्याइएको छ’, उनले भने, ‘सामाजिक क्षेत्रमा लगानी गर्न निकै उत्साहित भएका छन्, जीवन पहिला हो, त्यसपछि श्रम हो ।’
प्रधानमन्त्री ओलीले हाल मुलुकमा चलिरहेको कोभिड महामारीको दोस्रो लहर पीडादायी भएको बताएका छन् ।‘कोभिडको दोस्रो लहर सुरु भएको छ, यो निकै पीडादायी र विनाशकारी छ, त्यही भएर शर्तसहित निषेधाज्ञा लागू भएको छ’, उनले भने, ‘जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन सधैँ अनुरोध छ ।’प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एसियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताए । उनले कोभिडको महामारीलाई असल व्यवहारले मात्र परास्त गर्न सकिने भएको हुँदा जनस्वास्थ्यको मापदण्डको पालना गर्न आग्रह समेत गरे । ‘कामको सुरक्षा र थप रोजगारीको प्रयास सरकारको सदा हुनेछ’, उनले भने, ‘नेपाली ट्रेड युनियन आन्दोलनले जनताको पीडालाई हेर्न पनि सिकाएको छ ।’
यस्तै मे दिवस वि.सं. २००३ देखि २०४६ सम्म नेपालको संगठित श्रम आन्दोलनका रुपमा मनाउन थालिएको बताइएको छ ।यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले मजदुर र उद्योगीहरुको सहकार्यबाट नै औद्योगिक प्रवद्र्धनको विकास, विस्तार एवम् सुदृढीकरणमा सहयोग पुग्ने हुँदा श्रमिक दिवसले हामी सबैलाई सहयात्रा तथा सहकार्यका लािग थप ऊर्जा तथा प्रेरणा प्रदान गर्ने बताए । उनले औद्योगिक शान्ति तथा उद्योग व्यवसायको विस्तार, रोजगारीको सिर्जनाको दरिलो आधार र दिगो, फराकिलो एवम् सन्तुलित आर्थिक समृद्धिको लक्ष्य प्राप्तिका लागि सरकार, ट्रेड युनियन र उद्योगबीच त्रिपक्षीय सहकार्य तथा सहयाता गर्न आवश्यक छ तथा औद्योगिक शान्ति र असल श्रम सम्बन्धको विकासका लागि आवश्यक त्रिपक्षीय समन्वय, सहकार्य र सहअस्तित्व प्रवद्र्धनमा मजदुर दिवसको महत्वपूर्ण योगदान रहेको बताए ।
श्रममन्त्री चौधरीले देशको सामाजिक तथा आर्थिक रुपान्तरणको शक्तिका रुपमा रहेको श्रमशक्तिलाई दक्ष, सीपयुक्त तथा व्यावसायिक बनाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागिपरेको बताए ।प्रधानमन्त्री ओलीले हाल विश्वव्यापी रुपमा कार्यथलोमा हरेक दिन सात हजार छ सय जना मानिस मर्ने गरेका बताउँदै दक्षिण एसियामा लगभग चार हजार पाँच सय जना श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको बताए । हरेक दिन चार सय १० जना मजदुरको निर्माणस्थलमै मर्ने गरेको छ । समग्रमा २० लाख ७८ हजार मानिसले कामसँग सम्बन्धित भएर ज्यान गुमारहेका छन् । कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तर्राष्ट्रिय रुपमा प्रक्षेपण गरिएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया