नरैनापुरमा आगलागी हुँदा ११ जनाको घरगोठ जलेर नष्ट
बाँके ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नं १ को कटकुइया गाउँमा आगलागी भएको छ । शुक्रबार दिउँसो भएको आगलागीमा ११ जनाको घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय जवाहिर यादवको गोठबाट सल्केकोे आगोले दयाराम यादव, सुरज यादव, कमल यादवलगायत ११ जनाको घर र गोगमा पूर्ण क्षति भएको कटकुइया बेस क्याम्पका प्रहरी इन्सपेक्टर धिरेन्द्र बडुवालले बताए ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बेस क्याम्पका प्रहरी इन्सपेक्टर बडुवालले बताए । आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको पूर्ण विवरण सङ्कलन कार्य भइरहेको नरैनापुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवले बताए ।
गत चैतदेखि अहिलेसम्मको ४५ दिनभित्र नरैनापुरमा आगलागीको यो आठौँ घटना हो । नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक वर्ष दर्जनौँ आगलागीको घटना हुनेगरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया