एक साता बजार बन्द गर्न दोलखा उद्योग वाणिज्य संघ र चेम्बर दोलखाको माग
दोलखा ।
दोलखाको सदरमुकाम चरीकोटसहितका मुख्य पाँचवटा बजारका अत्यावश्यकबाहेकका पसल एक साता बन्द गर्न निजी क्षेत्रका दुई संस्थाले माग गरेका छन् । दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्सले जिल्लाको बजारक्षेत्र बन्द गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो समय जिल्लामा दोस्रो लहरको कोरोना भाइरसको जोखिम दैनिक वृद्धि भइरहेकाले भीडभाड हुने क्षेत्र कम्तीमा एक साता बन्द गर्नुपर्ने संघ र चेम्बरको माग छ । दुवै संस्थाको सोमबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण नियन्त्रणको लागि जिल्लाको चरीकोट बजार, जिरी बजार, सिंगटी बजार, मैनापोखरी बजार र माघादेउराली बजार बन्द गर्न जिल्ला प्रशासन कार्यालय दोलखाको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । त्यसैगरी बैठकले सबै उद्योगी व्यापारीको स्वाब परीक्षण गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ ।
त्यसैगरी सरकारले तयार गरेको कोभिड १९ को सुरक्षा मापदण्ड पालनाको लागि जनसचेतनामूलक प्रचारप्रसारको लागि आग्रह गर्ने निर्णय गरिएको चेम्बर अफ कमर्स दोलखाका महासचिव पाण्डव सिंह पाण्डेले जानकारी दिए । उनका अनुसार अति आवश्यक परेको खण्डमा उद्योगी व्यवसायीलाई दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्सले गरेको सिफारिसका आधारमा यातायातको साधन सञ्चालन गर्न अनुमति दिन प्रशासनलाई अनुरोध गर्नेलगायतको निर्णय भएको भएको छ ।
निजी क्षेत्रको मागका बारेमा प्रमुख जिल्ला अधकारी वासुदेव घिमिरेले एक दुई दिनभित्र सबै स्थानीयतहमा रहेका उद्योगी व्यापारीको कोरोना परीक्षण गर्न प्रशासनले पहल गर्ने बताए । त्यसैगरी सुरुमा ५० जना उद्योगीहरू नमूना परीक्षण गरेर थप परीक्षण गर्दै लैजाने र जोखिम बढेको खण्डमा जिल्लाका बजारी क्षेत्रमा बन्द गर्ने निर्णय हुने उनको भनाइ थियो ।
दोलखा उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले दोलखामा संक्रमण दर दिनप्रतिदिन थपिँदै गएकाले दोलखाका प्रवेश हुने दुईटा नाका खरिढुङ्गा र किर्नेटार नाका कडाइ गर्नुपर्ने बताए ।
त्यसैगरी जोखिमको यो समयमा बजारमा स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाइजर र खाद्यान्नलगायतका उपभोग्य अत्यावश्यक वस्तुमा हुने कालोबजारीलाई रोक्न बजार अनुगमन गर्दै कारबाही गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
दोलखामा दैनिक कोरोना भाइरसका सन्क्रमित वृद्धि हुँदै गएका छन् । जिल्लामा सोमबार मात्रै १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दोलखामा हाल सक्रिय संक्रमितको संख्या २५ जना रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया