Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्रोत नखुलेको रकमसहित पक्राउ

स्रोत नखुलेको रकमसहित पक्राउ


काठमाडौँ, माघ १
चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद नौ लाख ९९ हजार रुपैयाँसहित दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा हिपरमाई गाउँपालिका ८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका १६ घर भएका ३८ वर्षीय राजु पौडेल रहेका छन् । काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा.२ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद तीन लाख रुपैयाँसहित भारत बिहार मोतिहारीका २१ वर्षीय जबिउल्लाह आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ०५ भी ३४४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x