Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाइनान्सहरुमा चरम बेथिति ९६ प्रतिशतसम्म कर्जा निष्क्रिय

फाइनान्सहरुमा चरम बेथिति ९६ प्रतिशतसम्म कर्जा निष्क्रिय


काठमाडौं ।
फाइनान्स कम्पनीहरुमा अझै पनि बेथिति हट्नसकेको छैन । बेथिति बढ्दा फाइन्नान्सहरुमा निष्क्रिय कर्जा पनि अधिक देखिएको छ । यद्यपि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा फाइनान्सहरुले कुल एक अर्ब ८२ करोड ५३ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटा फाइनान्सहरुमध्ये हालसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १८ वटा फाइनान्सहरुले यो मुनाफा आर्जन गरेका हुन् ।

फाइनान्सहरुले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा झण्डै ६१ करोड रुपैयाँले बढी हो । गत आवको तेस्रो त्रैमासिकमा १८ वटा फाइनान्स कम्पनीहरुले कुल एक अर्ब २१ करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । हालसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका फाइनान्सहरुमध्ये सबैभन्दा बढी नाफा मञ्जुश्री फाइनान्सले कमाएको देखिएको छ भने सबैभन्दा बढी निष्क्रिय कर्जा ललितपुर फाइनान्समा रहेको देखिएको छ ।

यसैगरी सबैभन्दा कम निष्क्रिय कर्जा आईसीएफसी फाइनान्सको रहेको छ भने सबैभन्दा कम खुद मुनाफा नेपाल फाइनान्सको रहेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार मञ्जुश्री फाइनान्सले चालू आवको पछिल्लो अवधिमा ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । उक्त अवधिमा फाइनान्सले आठ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३३ करोड ७७ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गोर्खाज फाइनान्सले चालू आवको तेस्रो त्रैमासिकमा २७ करोड ३७ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा फाइनान्सले सात अर्ब ६१ करोड ३२ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७२ करोड ८० लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा १७ करोड ७९ लाख ५० हजार छ सय २४ रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा १४ अर्ब ३३ करोड १७ लाख ५५ हजार सात सय ४२ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २२ करोड ७९ लाख ५१ हजार दुई सय ४६ रुपैयाँ कर्जा गर्दा फाइनान्समा शून्य दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गुडविल फाइनान्सले पनि पछिल्लो अवधिमा १५ करोड ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा आठ अर्ब ९१ करोड ८९ लाख ७१ हजार तीन सय ५७ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ४५ करोड ४७ लाख १७ हजार सात सय तीन रुपैयाँ कर्जा प्रवाह गर्दा फाइनान्समा तीन दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

रिलायन्स फाइनान्सले भने पछिल्लो अवधिमा आठ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा पाँच अर्ब ७७ करोड ७६ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १९ करोड २८ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

बेष्ट फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा सात करोड ११ लाख ९० हजार नौ सय २४ रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा दुई अर्ब ९६ करोड ९१ लाख ३६ हजार आठ सय पाँच रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७४ करोड ३४ लाख १८ हजार छ सय ४१ रुपैयाँ कर्जा प्रवाह गर्दा १४ दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

प्रोग्रेसिभ फाइनान्सले पछिल्लो अवधिमा तीन करोड ५९ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा दुई अर्ब ७४ करोड ५९ लाख ८६ हजार नौ सय ४२ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९१ करोड ५६ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले पनि पछिल्लो अवधिमा सात करोड ५८ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा छ अर्ब २८ करोड ७८ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३६ करोड ३७ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

ललितपुर फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा १० करोड ६८ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा २२ करोड ४७ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन करोड ३८ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ९६ दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

सेन्ट्रल फाइनान्सले भने चालू आर्थिक वर्षको पछिल्लो अवधिमा सात करोड छ लाख ८५ हजार आठ सय ५६ रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा पाँच अर्ब २६ करोड ६१ लाख ७१ हजार सात सय ७१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७२ करोड ८२ लाख ३० हजार पाँच सय ४३ रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

सिर्जना फाइनान्सले पनि पछिल्लो अवधिमा १० करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । चालू आवको पछिल्लो अवधिमा आठ अर्ब ४३ करोड ८४ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ८१ करोड ८७ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको सिर्जना फाइनान्समा दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

मल्टीपर्पस फिनान्सले भने पछिल्लो अवधिमा ३० लाख ५३ हजार आठ सय ७८ रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा ३९ करोड ४९ लाख ९० हजार आठ सय ८६ रुपैयाँ निक्षेप संकलन गरी ४१ करोड ८९ लाख आठ हजार दुई सय २० रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

युनाइटेड फाइनान्सले पनि पछिल्लो अवधिमा आठ करोड १६ लाख ५९ हजार पाँच सय ७० रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा आठ अर्ब ३७ करोड ४४ लाख ६९ हजार आठ सय ८० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६३ करोड ५९ लाख ५२ हजार चार सय ९७ रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव एक प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

समृद्धि फाइनान्सले पनि पछिल्लो अवधिमा ५४ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा ७० करोड ५१ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ करोड ४२ लाख नौ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले भने पछिल्लो अवधिमा सात करोड ९२ लाख ८३ हजार पाँच सय ८८ रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा छ अर्ब ७९ लाख ५१ हजार पाँच सय ८६ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब नौ करोड ९८ लाख ३७ हजार चार सय ५२ रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

जानकी फाइनान्सले पनि पछिल्लो अवधिमा एक करोड ४७ लाख ५६ हजार पाँच सय नौ रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा जानकीले दुई अर्ब ९७ करोड ४९ लाख ३४ हजार छ सय ३७ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३० करोड ४० लाख ११ हजार छ सय ६३ रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

पोखरा फाइनान्सले भने पछिल्लो अवधिमा १० करोड ८४ लाख चार हजार ३२ रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा फाइनान्सले नौ अर्ब एक करोड ९० लाख ८२ हजार एक सय ३९ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९७ करोड ९२ लाख ७९ हजार छ सय १७ रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

नेपाल फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो अवधिमा ३५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा ४१ करोड ३४ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी २० करोड ६६ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको फाइनान्समा २० दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

No description available.

No description available.

No description available.


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया