गाँउ–गाँउमा फैलिन थाल्यो नयाँ भेरियन्टको कोरोना
दोलखा ।
जिल्लामा पछिल्लो समय दैनिक दर्जनौँ संक्रमित थपिन थालेका छन् । जिल्लाका अधिकांश गाउँहरूमा पछिल्लो समय कोरोनाका बिरामी देखिन थालेका छन् । नौ स्थानीय तह रहेको दोलखा जिल्लाका सबै स्थानीय तहमा नयाँ भेरियन्टको संक्रमण फैलिएको छ । मंगलबारसम्म दोस्रो लहरको संक्रमणले सुरक्षित मानिएको गौरीशंकर गाउँपालिकामा बुधबार संक्रमण फेला परेको हो ।
जिल्ला स्वास्थ कार्यालय दोलखाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यसअघि जिल्लाको आठ स्थानीय तहमा संक्रमण देखिएकोमा बुधबार गौरीशंकर गाउँपालिकाभित्रका चार जनालाई कोरोना संक्रमण भएको हो । यस्तै बुधबार दोलखामा ३५ जना नयाँ संक्रमित थपिएका छन् ।
नयाँ संक्रमित थपिनेमा भीमेश्वर नगरपालिकामा नौ जना, जिरी नगरपालिकामा १० जना, शैलुङ गाउँपालिकामा छ जना, विगु गाउँपालिकामा एक जना, गौरीशंकर गाउँपालिकामा चार जना रहेको र बाकी चार जना संक्रमितको ठेगान खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । योसँगै जिल्लामा हाल दुई सय ५७ जना कोरोना भाइरसका बिरामी रहेका छन् ।
जिल्लामा दोस्रो लहानको कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । दैनिक संक्रमण बढ्न थालेपछि जिल्लाका केहि स्थानीयतहले बिरामीलाई विभिन्न सेवासुविधा दिने घोषणा गरेका छन् ।
संक्रमितलाई दैनिक पाँच सय रुपैयाँ खर्च दिने शैलुङ गाउँपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । त्यसैगरी भीमेश्वर नगरपालिकाले नगरपालिकाभित्रका नागरिकलाई कोरोना संक्रमण देखिएमा पोषण खर्चबापत दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
साथै नगरपालिकाभित्रका बिरामीलाई उपचारका लागि अन्य स्थानमा लैजानु परे एम्बुलेन्स खर्चबापत आठ हजार उपलब्ध गराइने नगरप्रमुख भरत केसीले जानकारी दिए । यसैगरी कोरोनाका कारण मृत्युु भएमा मृतकका परिवारलाई सामाजिक कार्यका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख केसीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया