काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त प्रधानमन्त्री पदमा पुनः केपी शर्मा ओलीलाई नै नियुक्त गरेकी छिन् ।
यही वैशाख २७ गते आफैँले संसदबाट विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा भएको बैठकमा विश्वास गुमाएपछि पदमुक्त भएका ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनको दाबी पेस गर्न दिएको बिहीबार राति ९ बजेसम्मको समयमा दलहरुले दाबी पेस नगरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहुमत जुटाउन नसक्दा ओलीलाई प्रधानमन्त्री बन्ने अवसर सिर्जना भएको हो । बहुमतीय सरकारको लागि बिहीबार दिनभर यी दलका नेताहरुबीच पटक–पटक भेटवार्ता भए पनि जसपाभित्रको आन्तरिक विवादले दुई पक्ष एक हुन सकेन । यता एमालेको आन्तरिक विवादका बीच माधव कुमार नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरे पनि नेपाल र अध्यक्ष ओली विवाद समाधानको सहमतिनजिक पुगेपछि उनीहरुले राजीनामा दिएनन् । फलतः ओलीलाई पुनः प्रधानमन्त्री बन्ने बाटो खुल्यो ।
यसअघि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतीय सरकार गठनको दाबी पेस गर्न आह्वान गरेकी थिइन् । तर निर्धारित समयमा कुनै पनि दाबी पेस हुन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया