Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवडाध्यक्षको व्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सेवा

वडाध्यक्षको व्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सेवा


बाँके ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१८ का वडाध्यक्षले व्यक्तिगत लगानीमा अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । बढ्दो कोरोना संक्रमणका कारण वडावासीलाई अस्पताल आउजाउ गर्न सहज बनाउने उद्देश्यले वडा नम्बर–१८ का वडाध्यक्ष दीपक बर्माले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् । बर्माका अनुसार उक्त एम्बुलेन्सले वडा नम्बर– १८ का बासिन्दासहित नेपालगञ्ज उपमहानगरभित्रका सबै संक्रमितलाई आवश्यकताअनुसार सेवा प्रदान गर्नेछ ।

होम आइसोलेसनमा रहेका संक्रमित भेटघाट गर्ने क्रममा अधिकांशले एम्बुलेन्स नपाएको गुनासो गरेपछि व्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको बर्माले बताए । होम आइसोलेसनमा बसेका संक्रमित अस्पताल जानुपर्दा एम्बुलेन्सले सेवा दिन हिचकिचाउने, फोन रिसिभ नगर्ने तथा सेवा दिन आनाकानी गरेकाले समस्यामा रहेका वडावासीका लागि उनले यस्तो सेवा सञ्चालन गरेका हुन् ।

पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सञ्चालन गर्ने नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी गरेको छ । महासंघ बाँके शाखाको अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमितिको बैठकले एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले एम्बुलेन्स खरिदका साथसाथै कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरूको समीक्षा समेत गरेको छ ।

सामान्य अवस्थामा समेत अस्पतालहरूमा बिरामीको चाप बढ्दो छ । एम्बुलेन्सको अभाव एवं आवश्यकता महसुस भइरहेकोले आम नागरिकलाई सर्वसुलभरूपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको अध्यक्ष भण्डारीले बताए । मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ समेत गठन गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया