शाओमीको रेडमी १० नोट प्रो बजारमा
काठमाडौं ।
शाओमीले नेपालमा रेडमी नोट १० प्रोको लन्च गरेको छ । रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वाल्कम स्न्यापड्रागन टिएम ७३२ जी, इभोल डिजाइनका साथ उपलब्ध छ, जसले टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको छ ।
कम्पनीका अनुसार रेडमी नोट १० प्रोमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याक्रो र २ एमपी डेप्थ सेन्सर उपलब्ध छ । फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो, यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ । साथै यसमा १०८ एमपीको प्राइमरी क्यामेरा र लेटेस्ट १०८ एमपी सामसुङ्ग आइसोसेल एचएम २ क्यामेरा सेन्सर रहेको छ । यो १०८ एमपी क्यामेरा सेन्सरको तेस्रो जेनेरेसन हो, जुन अघिल्लो जेनेरेसनभन्दा यो १५ प्रतिशतले पातलो छ ।
यसमा ९–इन–१ पिक्सेल बिनिङ्ग टेक्नोलोजी पनि रहेको छ । साथै यसमा पाँच एमपी सुपर म्याक्रो क्यामेरा सेन्सरको सुविधा र आठ एमपीको अल्ट्रा वाइड सेन्सर छ । यस्तै यसमा नाइट मोड २.०, भ्लग मोड, डुअल भिडियो, प्रो भिडियो मोड, म्याजिक क्लोन, लङ्ग एक्सपोजर मोड र अधिक मोडहरु छन् । यसमा १६.९ सेन्टिमिटर(६.६७)फुल एचडी+ सुपर एमोलेड डिस्प्ले, १२०० निट्सको पिक ब्राइटनेस,१२० हर्टजको रिफ्रेस रेट, १०० प्रतिशत डीसीआई–पी थ्री वाइड कलर ग्यामट र एचडीआर१० सपोर्टको प्रदर्शन रहेको छ, जसले स्मार्टफोन इन्डस्ट्रीमा यसलाई बेस्ट डिस्प्लेको रुपमा फिचर गरेको छ ।
कम्पनीका अनुसार यसमा भएको सुपर एमोलेड प्यानेलले १२० हट्र्जको रिफ्रेस रेटको प्रदान गर्दछ जसले पहिले रेडमी स्मार्टफोनमा कहिल्यै नदेखिएको भाइब्रेन्ट, स्मुथ र इन्ट्युटिभ एक्सपेरियन्सको प्रदान गर्दछ । यस्तै यो सुपर एमोलेड प्यानेल १२०० निट्सको पिक ब्राइटनेसको साथ आउँछ । यसले डुअल स्टेरियो स्पिकर सेटअपलाई समेटेको छ, जसले समग्र मल्टिमेडियाको एक्सपेरियन्सको लागि ठूलो, स्पष्ट र इमर्सिभ ध्वनिको प्रदान गर्दछ ।
साथै यसमा ३.५ मिलिमिटर ज्याकको साथसाथै आईआर ब्लाटर पनि रहेको छ । सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्ट फिंगरप्रिन्ट रहेको छ । रेडमी नोट १० प्रो क्वाल्कम स्न्यापड्रागन टिएम ७३२जी चिपसेट द्वारा संचालित छ, जुन लेटेस्ट क्वालकम स्न्यापड्रागन ७ सिरिजको प्रोसेसर हो । यो आठ न्यानोमिटरको प्रोसेसर हो जसमा काइरो चार सय ७० आर्किटेक्चरको सुविधा रहेको छ जसले २.३ गिगाहट्र्जसम्मको मापन गर्दछ ।
यसको तीन लाखभन्दा बढीको एन्टुटु स्कोर छ । रेडमी नोट १० प्रोमा इम्प्रुभ्ड हिट डेसिपेसन र अन इन्टरप्टेड गेमिङ्ग पर्फमेन्सको लागि मल्टी–लेयर्ड ग्राफाइट सिटको सुविधा रहेको छ । यो डिभाइसले आठ जीबी एलपीडीडीआर४ एक्स सम्मको ¥याम र १२८ जीबी युएफएस २.२ स्टोरेजसम्म लिनसक्छ । यो एन्ड्रोइड ११ मा आधारित मीयुआई १२ मा रन गर्दछ ।
रेडमी नोट १० प्रोमा ५०२० एमएएचको ब्याट्री सुविधा छ । साथै यो ३३ डब्लु इन–बक्स फास्ट चार्जरको साथ पनि आउँछ, जसले उपकरणलाई ३० मिनेटमा शून्यदेखि ५९ प्रतिशतको इन्धन दिन्छ । रेडमी नोट १० प्रो १६ ग्राम हल्का र रेडमी नोट ९ प्रो म्याक्सभन्दा ०.७ मिलिमिटर पातलो छ । उच्चतम गुणस्तरको स्तर कायम राख्दै यसमा कोर्निङ्ग गोरिल्ला ग्लास ५ रहेको छ । आइपी ५२ रेटिङ रबराइज्ड पोर्टको साथको मेलले धुलो र पानी इनग्रेसविरुद्धको सुरक्षा सुनिश्चित गर्दछ ।
कोरोजन प्रतिरोधी पोर्टहरुले सबै मौसम उपयोगिताको सुनिश्चित गर्दछ । रेडमी नोट १० प्रो भिन्टेज ब्रोन्ज, ग्लेसियल ब्लु र डार्क नाइट जस्ता विविध रंगहरुमा उपलब्ध हुनेछन् । रेडमी नोट १० प्रो अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा शुक्रबारदेखि ३३ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया