‘रियलमी सी ११’ फोन सार्वजनिक
काठमाडौं ।
रियलमीको बहुप्रतीक्षित मोबाइल फोन ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक गरिएको छ । विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजको फोन अविश्वसनीय मूल्यका साथ विशिष्ट प्रदर्शनीका कारण विशेषगरी युवामाझ इन्ट्रिलेभल फोनको विगत दृष्टिकोणलाई परिवर्तन गरी शानदार उपस्थिति जनाएको फोनको रुपमा चिनिन्छ ।
रियलमी सी ११ अन्य रियलमी सी सिरिजका इन्ट्रिलेभलको फोनजस्तै बलियो छ, यसका अलावा यो टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ । यसमा पाँच हजार एमएएच ब्याट्री जडान गरिएको छ, जो दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समयसम्मका लागि टिकाउ रहन्छ ।
रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांकअनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा एक सय आठ घण्टासम्म टिक्छ । यसैगरी स्टान्डबाई रुपमा राखी मात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।
यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ, जसले सामान्यतया प्रयोग भइरहने मुख्य छवटा एप चलाउँदा समेत अधिकतम ब्याट्री बचत गर्दछ । यसका साथै यसमा छन सफ्टवेयर अप्टिमाइजेसन विशेषताहरु एप क्विक फ्रिजले ब्याकग्राउण्डका सुस्त एपमा खपत हुने पावर घटाउने, स्क्रिन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरी फोनको स्थिरता बढाउँछ, स्लिप स्ट्यान्डबाई अप्टिमाइजरले फोनलाई निम्न मोडमा चलाउन मद्दत गर्ने भएकाले प्रयोगकर्ताले एक उत्तम स्मार्टफोन ब्याट्रीको अनुभूति यसमा गर्न पाउनेछन् ।
रियलमी सी ११ मा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको छ । यो एक फुल–स्क्रिन मिनीड्रप स्क्रिन हो जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा तपाईँलाई भर्चुअल दुनियाँको गहिरो आनन्ददायी अनुभूति दिलाउँछ । यसको एचडी प्लस रिजोलुसन डिस्प्लेले ४०० निटसमाथिको उज्यालो र ८९.५ प्रतिशत आकर्षक स्क्रिन बडी अनुपात छ ।
फ्रेमबाहिर विशाल डिस्प्लेमा रहेको छ ओक्टा कोर प्रोसेसरसँग जोडी मिलेको दुई जीबी ड्युल च्यानल एपीडीडीआर ४ एक्स -याम र २५६ जीबीसम्मको माइक्रोएसडी कार्ड राख्न सकिने ३२ जीबी स्टोरेज रहेको छ । उच्च श्रेणीको ४ एक्स -यामको यसमा प्रयोग गरिएको छ । यसले पावर खपत १७ प्रतिशत कम गरेको छ भने प्रदर्शन १५ प्रतिशतले वृद्धि गरेको छ ।
एन्ड्रोइड ११ मा आधारित रियलमी युआई संस्करणको यस फोनले उपभोक्तालाई अधिक आनन्द र सहज उपयोगको अनुभूति दिन्छ । यसमा एलईडी फ्ल्यासका साथ ८ एमपीपछाडिको क्यामेरा र अति सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ एमपी सेल्फी क्यामेरा रहेको छ । यसमा वाइफाइ, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, बढाउन योग्य स्टोरेज र सुविधाजन्य त्रिपल कार्डस्लटजस्ता सबै आधारभूत विशेषता छन् । कम्पनीका अनुसार ‘ताल नीलो’ र ‘फलामे–खैरो’ दुई रङ्गमा उपलब्ध रहेको छ । यसको बजार मूल्य १२ हजार नौ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया