शाओमीद्वारा नेपालमा पोको एक्स ३ प्रो सार्वजनिक
काठमाडौं ।
पोको, इन्डस्ट्री रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को परफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रोको लन्च गरेको छ । योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफुल बनाएर परिभाषित गरेको छ ।
पोको एफ १ को पावर र परफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रुपमा प्रस्तुत भएको छ । यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध छ, जसले उत्कृष्ट पीक परफर्मेन्सको लािग २.९६ गिगाहट्र्जको अधिकतम फ्रिक्वेन्सीको प्रदान गर्दछ । एनटुटु स्कोर ४९१००० प्लसका साथ उपलब्ध पोको एक्स ३ प्रो आफ्नोे सेग्मेन्टमा शक्ति र परफर्मेन्सको क्षेत्रमा अनडिस्प्युटेड किङ्ग हो ।
पोको एफ ३ प्रोमा लिक्विडकुल प्लसको सुविधा रहेको छ । एउटा कुलिङ्ग सलुसन जसमा ठूलो कपर हिट पाइप र ग्राफाइटको मल्टिपल लेयरलाई प्याक गरेर उपकरणको थर्मल क्यापासिटीलाई घटाउने काम गरिन्छ । यो उपकरण टप अफ द लाइन हार्डवेयरजस्तै एलपीडीडीआर४ र युएफएस ३.१ को साथ आउँछ जुन मूल्य खण्डको उद्योगमा छिटो मोबाइल स्टोरेज टेक्नोलोजी हो, जुन युएफएस ३.० भन्दा तीन गुणा छिटो छ र युएफएस २.१ भन्दा १४ गुणा छिटो रहेको छ ।
स्मार्ट र छिटो १२० हट्र्जको डिस्प्ले : कम्पनीले पोको एक्स ३ प्रोमा रियालिटी फ्लो १२० हट्र्जको रिफ्रेस रेटको साथ स्मार्ट डिस्प्लेको प्रस्तुत गरेको छ । यो एप्लिकेसनको कन्टेन्टको फ्रेम रेट भेरियाबिलिटीलाई बुझ्न र पढ्नसक्ने इन्टिलिजेन्ट डिस्प्ले हो, जसले रिफ्रेस रेटलाई ५० हट्र्ज, ६० हट्र्ज, ९० हट्र्ज वा १२० हट्र्जमा आफैँ एट्जस्ट गर्छ ।
अनइन्टरप्टेड एज टु एज अवलोकनको अनुभवको लागि उपकरणमा १६.९ सेन्टिमिटर(६.६७) फूल एचडी+को डिस्प्ले २४००ह१०८० रेजोलुसनको साथ डट–टाइप बेजेल–लेसको समावेश गरिएको छ जसलाई फ्ल्यागशिप लेभल कर्निङ्ग गोरिल्ला ग्लास ६ ले सुरक्षित गरिएको छ । यसमा २४० हट्र्जको टच स्याम्पलिङ्ग रेट पनि रहेको छ । यो डिस्प्लेले पञ्ची भिभिड रंगहरु र एचडीआर १० को सपोर्टको साथ स्टनिङ्ग भिजुअल र कन्ट्रास्टको प्रस्तुत गर्दछ ।
प्रो ४८ एमपी क्वाड क्यामेरा सेटअप : पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ/१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ/२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् ।
भर्सटाइल क्यामेरा सेटअपमा २० एमपीको फ्रन्ट क्यामेरा छ, जसले प्राकृतिक दृश्यलाई कब्जा गरी ट्रु टु लाइफ कलर क्वालिटीलाई प्याक गरेर प्रयोगकर्ताहरुलाई राम्रो सेल्फी र फोटो खिच्न मद्दत गर्दछ । यो उपकरणले ३०/६० एफपीएसमा ४ के भिडियो रेकर्डिङ्गलाई समर्थन गर्दछ र कन्टेन्ट क्रिएसन र सोसियल मिडियाको स्टोरिजको लागि उच्च क्वालिटी प्रदान गर्न स्मुथ भिडियो जुम, फोकस पिकिङ्ग र एई/एएफ लक भ्लगमोडका साथ विभिन्न फिचर्सहरुलाई प्रस्तुत गर्दछ । साथै यसमा नाइट मोड २.०, लङ्ग एक्सपोजर, क्लोन फोटो र भिडियो मोडजस्ता फिचर्सहरु पनि आउँदै छन् ।
प्रो ब्याट्री प्रो चार्जिङ्ग : पोको एक्स ३ प्रो विशाल ५१६० एमएएच ब्याट्रीको साथमा आउँछ जुन यसको क्याटेगोरीमा सबैभन्दा ठूलो ब्याट्रीमध्येको एक हो । यो एमएमटी टेक, एक स्प्लिट चार्ज टेक्नोलोजीको साथ आउँछ जसले छोटो अवधिमा पनि राम्रो चार्जको समय प्रदान गर्दछ र लामो रनको लागि ब्याट्री हेल्थ साइकललाई सुरक्षित राख्छ । यो उपकरणमा इन–बक्स फास्ट ३३ डब्लु टाइप–सी चार्जर पनि रहेको छ र यसले २६ वाटको युएसबी पीडी चार्जलाई सपोर्ट गर्छ जुन यसको खण्डको सबैभन्दा छिटो पीडी सपोर्ट हो ।
प्रो फोन, प्रो सुविधाहरु : पोको एक्स ३ प्रोमा डुअल स्टेरियो स्पिकर रहेको छ । यो हाई–रेस अडियो हो, जुन आप्टएक्स टीएम एचडीबाट प्रमाणित छ । यसले समग्रमा मल्टिमिडिया र इमर्सिभ गेमिङ्ग एक्सपेरियन्सको लागि ठूलो र स्पष्ट ध्वनि प्रदान गर्दछ । स्मार्ट कार्यक्षमतालाई फिचर गर्दै उपकरणमा रहेको स्पिकरहरुमा स्वतः सफा गर्ने क्षमता रहेको छ, जसले स्थिर अपरेसनलाई सुनिश्चित गर्छ र लामो रनमा स्पष्ट अडियो क्वालिटी प्रदान गर्दछ । उपकरणलाई दुर्घटनात्मक झर्न र स्क्रयाचहरुबाट सुरक्षित राख्दै पोको एक्स ३ प्रो आईपी ५३ सर्टिफिकेसनको साथ आउँछ जसले यो सुनिश्चित गर्छ कि यो उपकरण रफ वेदर कन्डिसन्समा धूलो र पानी इन्गे्रस हुनबाट सुरक्षित छ ।
कम्पनीका अनुसार पोको एक्स ३ प्रो तीन वटा ग्राफाइट ब्ल्याक, स्टिल ब्लु र गोल्डेन ब्रन्ज रङ्गमा उपलब्ध हुनेछ । यसको नेपाली मूल्य ३१ हजार नौ सय ९९ (६ जीबी+१२८ जीबी) र ३६ हजार नौ सय ९९ (८ जीबी+२५६ जीबी) रुपैयाँ तोकिएको छ । अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा सोमबारदेखि यो स्मार्टफोन उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया