केएल दुगड समूहको सहयोगमा मेडिकल कलेज कोहलपुरमा दैनिक खाना
काठमाडौं ।
नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तिनका आफन्तहरुलाई दुई महिनासम्म खान पुग्ने खाद्यान्न केएल दुगड ग्रुपले उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपले दुई महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।
बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन् । प्रत्येक दिन बिहान दुई सय जना र बेलुका दुई सय जना संक्रमित तथा तिनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको अशोक कोइरालाले बताए ।
‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल व्यवसायी डराइरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणिक अवस्था देखेपछि हामीले अभियान चलायौँ’, कोइरालाले भने । सहुलियत खाना प्रतिछाक ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि व्यवस्थापन गरिएको छ । कार्यक्रममा दुई महिनालाई आवश्यक पर्ने खाद्यान्न केएल दुगड समूहले सहयोग गरेको छ भने अन्य आवश्यक सामग्री नेपालगञ्जस्थित अन्य उद्योगी व्यवसायीहरुले सहयोग गरेका छन् ।
संक्रमित र संक्रमितका कुरुवाले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत दुई महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराइएको केएल दुगड ग्रुपका प्रबन्धक प्रदिप छाजेडले बताए । बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरुले खाना, नास्ता र पानी समेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया