Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंकले बोनस सेयर दिने

लुम्बिनी विकास बैंकले बोनस सेयर दिने


काठमाडौं, माघ १
लुम्विनी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा मंगलबार १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाद्वारा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आव २०७६ आसार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरणलगायतका अनुसूचीहरू पारित गरेको छ ।

सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको पाँच प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको छ । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी दुुई अर्ब ७१ करोड ६३ लाख पुगेको छ । लिमिटेडले निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ६६ शाखाहरू र १६ वटा एटीएमबाट आफ्ना करिब दुुई लाख ४० हजार ग्राहक महानुभावहरूलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको २०७६ मंसिर मसान्त सम्म कर्जा लगानी २३ अर्ब ९४ करोड, साथै निक्षेप संकलन २७ अर्ब आठ करोड रूपैयाँ रहेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई निःशुल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कअन्तर्गतको एटीएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x