प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण
लमजुङ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो ।
गाउँपालिकाका अनुसार घलेगाउँमा पाँच, भुजुङ र सिंदीमा १८/१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो । पर्यटकीय गाउँ र रातिको समयमा यहाँका विभिन्न गाउँमा आउने पर्यटकदेखि स्थानीयलाई असहज भएकाले सहजताको लागि सोलार बत्ती वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, ‘पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ र सिंदीलाई सोलार बत्ती वितरण गर्ने निर्णय गरिएको हो ।’
सोलार बत्ती जडान भएपछि बत्ती गएको सयमामा पनि पाहुनाको स्वागत सत्कारसँगै सार्वजनिक कार्यहरु सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, राति हुने विभिन्न घटनामा सोलार बत्तीले स्थानीयलाई धेरै सहज पुग्ने बताइएको छ । ती सोलारहरु ती गाउँका मुख्य बाटो, सार्वजनिक स्थल पार्टी पौवामा सोलार बत्ती जडान गरिने भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको ५० लाख रुपैयाँबाट सोलार बत्ती खरिद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया