नेपाली युवा उद्यमी मञ्चद्वारा ४० अक्सिजन सिलिन्डर सहयोग
काठमाडौं ।
नेपाली युवा उद्यमी मञ्चले वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर सहयोग गरेको छ । मञ्चका सदस्यहरुको संयुक्त पहलमा काठमाडौं च्याप्टर र काठमाडौं एडभाइजरी लिडरसिप ग्रुपबाट उक्त सिलिण्डर जम्मा गरिएको थियो ।
कोरोना भाइरसबाट संक्रमित बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपरिरहेको अवस्थामा केही सहयोग होस् भन्ने हेतुले अक्सिजन सहयोग गरेको मञ्चले जनाएको छ । दोस्रो चरणको कोरोना भाइरससँग जुध्न नेपालजस्तो देशका लागि निकै चुनौतीपूर्ण छ, यस महामारीले स्वास्थ्य क्षेत्रअन्तर्गत गम्भीर प्रकृतिका बिरामीलाई अक्सिजन अभावले उपचारमा थप समस्या सिर्जना गरेको छ ।
सन् २००३ मा स्थापना भएको मञ्चको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदानप्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने ज्ञान, सीप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउनु रहेको छ । हाल एनवाईईएफको एपेक्स बडी (केन्द्रीय कार्यसमिति) मा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीहरुको सहभागिता रहेको छ र छ सयभन्दा बढी सदस्यहरु यस संस्थामा आबद्ध छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया