काठमाडौँ ।बुधबार देशभर कोरोनाबाट दुई सय ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले शव व्यवस्थापन गरेकोसहित उक्त संख्या सार्वजनिक गरिएको हो । नेपालमा बुधबारसम्म पाँच हजार छ सय ५७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो समयमा अक्सिजनको अभावमा धेरै कोरोना संक्रमितको मृत्यु भइरहेको छ । सरकारले अक्सिजनको व्यवस्थापन गर्ने कार्य जारी राखे पनि पूर्णतया सफलता पाउनसकेको छैन । निजी क्षेत्र तथा व्यक्तिहरूले पनि अक्सिजन व्यवस्थानको कार्यलाई तीव्रता दिएका छन् । अक्सिजनको उत्पादन नै कम भएको कारण व्यवस्थापन गर्न धौधौ परेको हो ।
सरकारले प्रत्येक अस्पताललाई आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुनसकेको छैन । नेपालमा अझै पनि कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार सात सय १३ जना छन् । उनीहरूमध्ये अधिकांशलाई अक्सिजनको आवश्यकता छ ।
बुधबार मात्रै थप आठ हजार एक सय ७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट आठ हजार ६४ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक सय नौ जनामा पोजिटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंँ उपत्यकामा मात्र दुई हजार चार सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा एक हजार नौ सय ८८ जना, भक्तपुरमा दुई सय २८ जना र ललितपुरमा दुई सय ७० जना गरी दुई हजार चार सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बुधबार सात हजार नौ सय ८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर आठ सय ५६ जना क्वारेन्टाइनमा छन् ।
कोरोना लागेका अधिकांश घरमै बसेको कारण कतिपयको अवस्था कस्तो छ भन्ने सरकारलाई नै जानकारी छैन । साथै देशमा अझै पनि चाहेको व्यक्तिले कोरोना परीक्षण गर्न पाएका छैनन् ।
यसैबीच, अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हाल विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन अभाव भइरहेको सन्दर्भमा कालोबजारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बजारमा अन्दाजी १५ हजार रूपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर ४१ हजार रूपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीहरूको साथबाट अक्सिजन भरिएको सिलिण्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ । उनीहरूविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया