राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी पूरा, आचारसंहिता पालना गर्न निर्देशन
काठमाडौँ ।निर्वाचन आयोगले आज बिहीबार हुनलागेको वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न आयोग प्रतिबद्ध र क्रियाशील रहेको बताएको छ ।
यस उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य एक सय १० जना र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ जना मतदाता रहेका छन् ।
आयोगका अनुसार यो निर्वाचन निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचन हुँदै छ । निर्वाचक मण्डलका सबै मतदाताहरूलाई ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन पनि आयोग अनुरोध गरेको छ । यस्तै आयोगले मौन अवधिको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताविपरीत बुधबार प्रेस विज्ञप्ति नै जारी गरी राष्ट्रियसभा सदस्यका उम्मेदवार राम बहादुर थापालाई मत मागेपछि आचारसंहिताविपरीत कार्य नगर्न पनि निर्देशन दिएको छ ।
प्रधानमन्त्री ओलीसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि आचारसंहिताविपरीत विज्ञप्ति निकालेर थापालाई भोट मागेका थिए । आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्नेजस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको जनाएको छ ।
‘एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैँ आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिबाट स्वीकार्य हुँदैन’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने । निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयाोगले कानुनबमोजिम कारबाही गर्नसक्ने कुरा प्रस्ट गर्दै आयोगले यसरी आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराएको छ । निर्वाचन आचारसंहिता एक कानुनी आधार र नैतिक बन्धन पनि भएकोले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग पु¥यादिन पनि आयोगले आग्रह गरेको छ ।
आयोगका अनुसार यस निर्वाचन प्रयोजनका लागि आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार जेठ ३ गते राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भइसकेको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
- एनसेलमा भ्वाइस सेवा डेटासँग र डेटा सेवा भ्वाइससँग साट्न सकिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया