बैंकहरुद्वारा ४० खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह
काठमाडौं ।
बैंकिङ क्षेत्रको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ दशमलव सात प्रतिशत अर्थात् पाँच खर्ब २४ अर्ब ६३ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो निक्षेप नौ दशमलव सात प्रतिशत अर्थात् तीन खर्ब १२ अर्ब ५५ करोड रुपैयाँले बढेको थियो ।
चालू आवको वैशाख मसान्तसम्मको अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ४४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप ३९ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप पाँच खर्ब १६ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २३ प्रतिशतले बढेको छ ।
२०७७ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३५ दशमलव एक प्रतिशत र ४८ दशमलव दुई प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३२ दशमलव दुई प्रतिशत र ४९ दशमलव दुई प्रतिशत रहेको थियो । २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१ दशमलव सात प्रतिशत रहेको छ । २०७६ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव चार प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२ दशमलव पाँच प्रतिशत अर्थात् सात खर्ब १५ अर्ब ३२ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव पाँच प्रतिशत अर्थात् तीन खर्ब ७० अर्ब नौ करोड रुपैयाँले बढेको थियो ।
चालू आवको वैशाख मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम ४० खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको मात्र कुल कर्जा ३६ खर्ब १३ अर्ब रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने चार खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ ।
वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २३ दशमलव एक प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २२ दशमलव छ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५ प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह १० दशमलव दुई प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५ दशमलव नौ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव एक प्रतिशत र १३ दशमलव एक प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७/०७८ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३५ दशमलव सात प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२ दशमलव सात प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३ दशमलव आठ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २० दशमलव आठ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १६ दशमलव आठ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२ दशमलव दुुई प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७ दशमलव पाँच प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २० दशमलव एक प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२ दशमलव चार प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८२ दशमलव तीन प्रतिशतले र ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ४० दशमलव आठ प्रतिशतले बढेको छ । यस अवधिमा हायर पर्चेज कर्जा भने पाँच दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया