निषेधाज्ञामै सकियो बैतेश्वरको देउराली फेदी–क्षत्रपा सडकको कालोपत्रे
दोलखा ।
जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ र ८ अन्तर्गतको देउराली फेदी–क्षत्रपा सडकको कालोपत्रे निषेधाज्ञाको समयमै सकिएको छ । अघिल्लो सातादेखि सुरु गरेको सडकको कालोपत्रे छोटो समयमै सम्पन्न भएको हो ।
गत मंसिरमा गाउँपालिकाले दियल कन्स्ट्रक्सन एन्ड सप्लायर्स कम्पनीलाई बोलपत्र आह्वान गरेर ठेक्का दिएको थियो । कम्पनीले सरकारी मापदण्डअनुसार सडक निर्माण गरेकाले गाउँपालिकाकै ग्रामीण सडकअन्तर्गतको नमूना कालोपत्रे भएको बैतेश्वर गाउँपालिका सबइन्जिनियर रबिन्द्र खत्रीले जानकारी दिए । क्षत्रपा गाउँदेखि मैनापोखरी बजार जोड्ने मुख्य नाकाको रूपमा रहेको यस सडकको कालोपत्रेलगायतको अन्य संरचना निर्माणको काम गुणस्तरीय भएको पाइएको प्राविधिक विश्वकर्माले बताए ।
बैतेश्वर गाउँपालिकाको एक करोड र वाग्मती प्रदेशको थप एक करोड अनुदानमा सो सडकको कालोपत्रे गरिएको ठेकेदार कम्पनी दियल कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रमुख सुबास तामाङले जानकारी दिए । दोस्रो लहरको कोरोना भाइरसले जिल्ला निषेधाज्ञामा परे पनि स्वास्थ्य सतर्कता अपनाई भौतिक दूरी कायम गरेर काम गरेको उनले बताए ।
गत वर्ष सात सय मिटर ढलान गरिएको सडकको चालू वर्षमा थप एक किलोमिटर कालोपत्रे गरिएको हो । दियल कन्स्ट्रक्सन एन्ड सप्लायर्सले सडकको ग्राबेलिङ, नाला, ग्राबेल र बेसको काम अघिल्लो महिनामै सकेको थियोे । मौसम खराबीले कालोपत्रे गर्न दुई साता ढिलो भए पनि सम्झौताको समयअघि नै कालोपत्रे सकेर राम्रो काम गरेको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया