रामानन्दाचार्य सेवा पीठमा कोभिड लक्षित विशेष कार्यक्रम
काठमाडौं ।
कोरोना संक्रमणलाई परास्त पार्न आवश्यक पर्ने मानसिक दृढता र शारीरिक सामर्थ्य बढाउन चतरास्थित जगतगुरु रामानन्दाचार्य सेवा पीठले १५ दिने विशेष कार्यक्रम गर्ने भएको छ ।
सामाजिक सञ्जाल र दृश्य सञ्जालको माध्यमबाट गरिने कार्यक्रममा निःशुल्क भाग लिन सकिने पीठले जनाएको छ । कार्यक्रम जेठ १० गतेबाट सुरु हुने र पीठका पीठाधीश समाधिसिद्ध महायोगी सिद्धबाबा जगतगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्यजी महाराजबाट सिद्ध महायोग र आहार–विहारको १५ दिने विशेष कार्यक्रम हुनलागेको पीठले जनाएको छ ।
पीठले कोरोनाको यौगिक उपचार पद्धति, दिनाचार्य, भोजनाचार्य र आत्मसंयमका अवधारणासहितका कार्यक्रम पनि आफ्नो फेसबुक पेजमा राख्ने जनाएको छ । मानसिक दृढता र शारीरिक सामथ्र्य बढाउने कार्यक्रमले कोरोना महामारीबाट बढीभन्दा बढी मानिसलाई सुरक्षित राख्न मद्दत गर्ने पीठको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया