एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले कोभिड–१९ विरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एक सय ५० थानभन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसअनुसार कम्पनीले पहिलो चरणमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
कोरोनाभाइरस रोग (कोभिड १९) को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कम्पनीले अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लटअन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिनेछन् । यस्तै एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोन गरी कोरोना भाइरस रोगसम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन पनि सकिने कम्पनीले जनाएको छ । साथै धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्ने कम्पनीको भनाइ छ ।
साथै यस विषम परिस्थितिमा ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लानहरु, डिजिटल प्लाटफर्मबाट सेवाहरु खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु, जस्ता विभिन्न राहत प्याकहरु पनि ल्याएको छ । यसले अत्यावश्यक सञ्चार सेवामाथिको पहुँच अझै सरल तथा सुलभ बनाउन योगदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले डाक्टर तथा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई भर्चुअल सेसनमार्फत कोभिड—१९ को लक्षण, बच्ने उपाय तथा त्यसको उपचार, फोक्सोको कार्य सुधार गर्ने तथा शरीरमा तनावको स्तर कम गर्ने विविध विषयमा कार्यक्रमहरु पनि संचालन गरेको छ । एनसेलको सामाजिक पहलअन्तर्गत एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गत वर्षदेखि नै कोरोनाभाइरसबाट बच्ने जनस्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धिका सन्देशहरु विभिन्न माध्यमहरुबाट प्रवाह गर्दै आएको छ ।
सन् २०२० मा एनसेलले कोभिड प्रतिकार्यअन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड योगदानसहित गरी ९ दशमलव ७० अर्बबराबरको सेवा, सुविधा र योगदान पु-याएको थियो ।
कोरोनाको दोस्रो लहरले सिर्जना गरेको कठिन परिस्थितिमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउन एनसेलले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधालगायतका राहत अफरहरु प्रदान गर्दै आएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया