१५ अर्ब रुपैयाँको विकास ऋणपत्र आज, आगामी असार मसान्तसम्म दुई खर्ब २५ अर्ब रुपैयाँको आन्तरिक ऋण
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज मंगलबार पाँच वर्षे अवधिको १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्ममा बोलकवोलको माध्यमद्वारा विकास ऋणपत्र २०८३ ‘घ’ (पाँच वर्षे) बिक्री गर्न लागिएको हो ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिने ऋणपत्रको जारी मिति जेठ १३ गते बिहीबार तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८३ जेठ १३ गते नै तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाकोरुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोअनुसार चालू आवको प्रथम चौमासिकमा ५७ अर्ब, दोस्रो चौमासिकमा ५६ अर्ब र तेस्रो चौमासिकमा एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तयारी राष्ट्र बैंकले गरेको छ । सोहीअनुरुप आज मंगलबार १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्नलागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा बैंकहरुले आलोपालो गरी सेवा दिनुपर्ने : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कायम रहेसम्म बैंक तथा फाइनान्स कम्पनीहरुले आलोपालो गरी वित्तीय सेवा सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सोमबार सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंक, १८ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनी समेतको नाउँमा सूचना जारी गर्दै आलोपालो गरी सेवा प्रवाह गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
विश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्ने सम्बन्धमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुुवित्त संस्थाहरुलाई यही वैशाख १९ गते जारी गरिएको निर्देशनको बुुँदा नम्बर २ को सम्बन्धमा काठमाडौं उपत्यकाको हकमा निषेधाज्ञा अवधिभर आलोपालो गरी शाखा खोल्नुपर्नेछ ।
यो व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले काठमाडौं जिल्लामा तीनवटा, ललितपुर जिल्लामा दुईवटा र भक्तपुर जिल्लामा एउटा शाखा आलोपालो गरी खोल्नुपर्नेछ भने विकास बैंकहरुले काठमाडौं जिल्लामा दुईवटा, ललितपुर जिल्लामा एक वटा र भक्तपुर जिल्लामा एक वटा शाखा आलोपालो गरी खोल्नुपर्नेछ । यसैगरी फाइनान्सहरुले भने काठमाडौं जिल्लमा एउटा, ललितपुर जिल्लामा एउटा र भक्तपुर जिल्लामा एउटा शाखा आलोपालो गरी सञ्चालन गर्नुपर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया