गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने पक्राउ
काठमाडौं ।
प्रहरीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेको अभियोगमा ललितपुर महानगरपालिका–१ कुपन्डोल बस्ने पाल्पा तानसेन नगरपालिका–१ घर भएका २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरेको छ ।
कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्रीवितरण र कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई सोमबार ललितपुर महानगरपालिका–१ कुपन्डोलबाट गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको र बिक्रीवितरण गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘विकलो वेज विन्स ह्याण्ड स्यानिटाइजार ७० प्रसेन्ट अल्कोहल’ लेखिएको चाइनिज ब्राण्डको लोगो गुगलबाट सर्च गरी नक्कली स्टिकर टाँसेर आफैँ डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गरेको तथा हानिकारक मिथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
साथै बोतल, ग्यालन र बिक्री गर्न तयार पारेर राखिएको कार्टुनसहित तीन हजार ८१ लिटर स्यानिटाइजर समेत प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया