कोभिडविरुद्वको अभियान भाषणमा मात्रै केन्द्रित
काठमाडौं ।
सरकारले चाहेको भए आगामी वर्षको लागि घोषणा भएको बजेटमा धेरै नयाँ कुराको प्रारम्भ गर्नसक्थ्यो । समय र परिस्थितिले यो वर्ष त्यस्तो वातावरण बनाइदिएको थियो । यो बजेटबाट कसैले पनि रेल, पानीजहाजलगायतका विकास मात्र होइन आफ्नै सेवासुविधा पनि खोजेका थिएनन् । जस्तो कर्मचारीको तलब बढ्नुपर्छ भनी कसैले माग गरेका सुनिएको थिएन । कतिसम्म भने जेष्ठ नागरिकहरूले समेत खोप मागेका थिए । भत्ता बढ्ने कुरामा त उनका इच्छा थिए होलान् तर पहिलो माग स्वास्थ्य सुरक्षा थियो । यद्यपि भत्ता बढ्यो, उनका लागि यो स्वागतयोग्य हो नै ।
यो महामारीमा सबैभन्दा जोखिममा तिनै वृद्धवृद्धा थिए । यद्यपि यो पटकको महामारीमा खास उमेरसमूहविशेषमा मात्र सीमित छैन । तर शारीरिक अवस्थाले यो वर्ग बढी त्रसित हुनु स्वाभाविक थियो । सरकारले यस्ता वर्गको उपचारमा ग्यारेन्टी दिएको भए जेष्ठ नागरिकरका लागि यो नै सबैभन्दा ठूलो सम्मान र सुरक्षा हुनेथियो । त्यही निहँुमा आम नागरिकको पनि उपचारमा थप सहजता आउनेथियो भने यता सरकारसँग यो महामारीविरुद्ध लड्ने साधनस्रोत पनि जुट्ने थियो ।
सम्झना होस्, अर्थमन्त्रीले विभिन्न सामाजिक सुरक्षा भत्ता बढाइएको बजेट पढिरहेको बेला वा भनौँ त्यो दिन अस्पतालमा सामान्य अक्सिजनको अभावमा तीन दर्जनजतिकोे ज्यान गएको समाचार आए । त्यस दिनका अखबारका समाचार पढियोस् । यसको अघिल्लो दिन प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन हुँदा भनिएको थियो अस्पतालमा अक्सिजन र भेन्टिलेटरको कतै अभाव छैन । तर यो दाबी अस्पतालमा कतै सही थिएन । यसैदिन पोखराको एउटा ठूलो अस्पतालमा करिब दुई घण्टाको बीचमा आठ जनाको ज्यान गयो । त्यसमा एक जना सुत्केरी पनि परिन् ।
विराटनगरको एउटा अस्पतालले अक्सिजन नभएको भनी बिरामी भर्ना गर्न नसकिने सूचना नै निकाल्यो । दिनेपिच्छे हुनेगरी सार्वजनिक भइरहेका वा समाचारमा आइरहेका यी विवरणहरू कति पीडादायक छन् भन्ने यसका भुक्तभोगीहरू साक्षी छन् । प्रधानमन्त्रीले यस्तो दाबी गरेको दिन देशभरि कति ठाउँमा अक्सिजनको अभाव थियो र कति ठाउँमा भेन्टिलेटर नपाएर मान्छेले ज्यान गुमाए भन्ने अध्ययन गरे हुन्छ । प्रधानमन्त्रीलाई सधैँ झुटो बोल्ने र त्यसलार्ई स्थापित गरिरहने छुट दिइरहनु हुँदैन । सामाजिक सुरक्षा भत्ता बढेकोमा कसैले विरोध गरेका होइनन् तर सरकारले समुचितरूपमा स्वास्थ्य सुरक्षामा ध्यान दिएन भन्नेमा आपत्ति हो ।
गएको र यो वर्ष बजेट आउँदा कोभिडको प्रकोप उस्तै थियो । फरक के भने त्यसबेला मानवीय क्षति कम थियो भने अहिले अर्थात् यो वर्ष बढी । अघिल्लो वर्ष पनि यता बजेट भने त्यस्तै आयो । त्यसबेलाको बजेटको सबभन्दा आलोचित पक्ष थियो देशमा लकडाउन लागेको बेला आएको बजेटले त्यसको कारणको गाम्भीर्यताको बोध गरेन । सामान्य प्रकारको बजेट आयो ।
स्वास्थ्य सेवामा भन्दा नियमितअनुसारकै विकास निर्माणले प्राथमिकता पाए । रेल र पानीजहाज नै देखाइयो त्यो बजेटमा पनि जब कि सबैको एउटै माग थियो कोरानाबाट मान्छेलाई जोगाउने काम गर त्यति भए पुग्छ भन्ने । तर महामारीलाई सम्बोधन गर्न नसक्दाको परिणाम थियो एक/डेढ महिनाको बीचमा पाँच/छ हजारको मानवीय क्षति हुनु । त्यसबेला थाहा भयो कोभिडका नाममा सरकारले भाषण गर्नुभन्दा केही गरेनछ त्यो एक वर्षभरि ।
भाषणमा चाहिँ परीक्षण क्षमता बढेको भनिरहियो तर व्यवहारमा त्यसको प्रयोग प्रकट नै भएन । दुःखद पक्ष के हो भने यो वर्ष पनि खासगरी महामारीका नाममा ठोस कार्यक्रम छैन । खोपका लागि केही रकम विनियोजन भएको छ । यो स्वागतयोग्य नै हो । तर नगद वितरण गरिएको रकमको अंकको तुलनामा खोपको यो रकम एक तिहाइ मात्र हो । यसले पनि सरकारको ध्यान फेरि पनि प्राथमिकताविहीन प्रचारमा मात्रै केन्द्रित रहेको हो कि भन्ने शंका उब्जाएको छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया