बाँके ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा बाँकेका विभिन्न योजनाहरूका लागि बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत ल्याएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरबाट थप दुई हजार हेक्टरमा सिँचाइ सुविधा पु-याइने जानकारी दिए । उनले आयोजनाको पूर्वी खण्डमध्ये आगामी वर्ष थप २० किलोमिटर मूल नहर र १२ किलोमिटर शाखा नहर निर्माणसम्पन्न गरी थप छ हजार हेक्टर जमिनामा सिँचाइ सुविधा विस्तार गरिने बताए ।
सिक्टा सिँचाइ आयोजनाको सम्पूर्ण निर्माणकार्य आगामी दुई वर्षभित्र सक्ने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यसका लागि एक अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ । निर्माणाधीन भेरी बबई बहुउद्देश्यीय आयोजनाको निर्माणकार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने सरकारको लक्ष्य छ ।
दुई वर्षभित्र बाँके र बर्दिया जिल्लाका लागि थप १५ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार गर्नुका साथै ४८ मेगावाट विद्युत् क्षमताको विद्युत्गृह निर्माण सम्पन्न गरिने र त्यसका लागि तीन अर्ब सात करोड विनियोजन गरिएको छ ।
बाँकेसहति १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न सरकारले बजेट विनियोजन गरेको छ । त्यस्तै, बाँकेको नौबस्तामा दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणसम्पन्न गरिनेभएको छ । नेपालगञ्जमा क्रिकेट मैदान निर्माणका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।
नेपालगञ्जमा प्रादेशिक रंगशाला निर्माण अघि बढाइने, नेपालगञ्जमा निर्माणाधीन खानेपानी आयोजनाबाट आगामी आवबाट पानी सुरु गरिने, नेपालगञ्जलगायतका विभिन्न सहरमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने र त्यसको लागि आवश्यक रकम छुट्याइएको बजेटमा उल्लेख छ ।
यस्तै बुटवल–कोहलपुर, कोहलपुर–वनबासा खण्ड चार लेन बनाउन विस्तृत डिजाइन सम्पन्न गरी निर्माणकार्य थालिनेभएको छ । सरकारले कोहलपुर–सुर्खेत डेडिकेटेड डबल लेनमा स्नोरन्नति गर्न बजेट विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहको साझेदारीमा कोहलपु–नेपालगञ्जमा विद्युतीय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिने व्यवस्था पनि सरकारले गरेको छ ।
कोहलपुर–नेपालगञ्ज मेगासिटीको गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय सहरी योजनाविद्को परामर्श सेवा लिइने भएको छ । नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण आरम्भ गरिने, नेपालगञ्ज विमानस्थलमा तौलिने वइङ मेसिनलगायत आधुनिक उपकरण जडान गरिने बजेटमा उल्लेख छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया