Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड फाइनान्सको २५औं वार्षिक साधारणसभा

युनाइटेड फाइनान्सको २५औं वार्षिक साधारणसभा


काठमाडौं, माघ ३
युनाइटेड फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले कार्की बैंकट, बबरमहल, काठमाडौँमा कम्पनीका अध्यक्ष वसन्तकुमार चौधरीको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष चौधरीले प्रस्तुत गरेको कम्पनीको आव २०७५।७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारणसभाबाट पारित भएको छ ।

सभाले कम्पनीको आव २०७५।७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नुका साथै गत आवको मुनाफाबाट सेयरधनीहरूलाई सात दशमलव ५२ प्रतिशत नगद लाभाशं तथा तीन प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । सोही साधारणसभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त पाँच सञ्चालक पदमा वसन्तकुमार चौधरी, राहुल इन्फ्रास्ट्रक्चर प्रालि (प्रतिनिधि श्री रोशन अधिकारी) एमएडब्लु इन्टरप्राइजेज प्रालि (प्रतिनिधि विष्णुकुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिषकुमार खेमकालाई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचन गरेको छ ।

गत आव मा कम्पनीले छ अर्ब ५५ करोड निक्षेप संकलन गरी सो अवधिमा विभिन्न क्षेत्रमा छ अर्ब १४ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा १८ करोड पाँच लाख र खुद मुनाफा नौ करोड ९९ लाख आर्जन गरेको छ । त्यस्तै फाइनान्सले खराब कर्जा शून्य दशमलव ५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनान्स रणनीतिक साझेदारका रूपमा भित्रिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x