दोलखा ।
जिल्लामा एक महिनादेखि गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ । गत साताको तुलनामा यो साताको आइतबारदेखि निषेधाज्ञालाई कडाइ गरिएको हो । जिल्ला प्रशासनको कार्यालय दोलखा र जिल्ला कोभिड व्यवस्थापन समितिको गत शनिबार बसेको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गरेको थियो ।
निषेधाज्ञाको समयमा पनि हिँडडुल गर्ने मानिस र सवारीसाधनको चाप बढेपछि थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । जिल्लामा वैशाख २३ गतेदेखि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सवारी आवतजावत तथा बजारका पसल बिहानदेखि नै बन्द गर्न थालेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको परिपत्रअनुसार बजारमा निषेधाज्ञा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले जानकारी दिए । जिल्लाका दुई मुख्य नाका खरीढुङ्गा र किर्नेटार नाकामा सवारी प्रवेशमा पनि कडाइ गरिएको छ ।
यस्तै जिल्लाको बैतेश्वर गाउँपालिकाको मैनापोखरी बजार, तामाकोशी बजारमा भने आइतबारदेखि बिहान १० बजेसम्म पसलहरू खोल्न थालिएको छ । बजारका व्यापारी तथा उद्योग वाणिज्य संघको मैनापोखरी शाखाले एक सूचना जारी गर्दै १० बजेसम्म पसल खुला गर्ने निर्णय गरेको हो ।
दोस्रो लहरको कोरोना भाइरसका कारण जिल्लाका एक दर्जन मानिसको मृत्यु भएको छ भने करिब दुई हजार मानिस संक्रमित भएका छन् । जिल्लामा न्यून मानिसको स्वाबको पीसीआर परीक्षा गर्दा पनि दैनिक संक्रमित वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका स्वास्थ्य प्रमुख अर्जुन पौडेलले जानकारी दिए । दोलखामा हाल सात सय ७३ जना सक्रिय संक्रमित छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- राष्ट्रिय ज्यापु दिवसका लागि प्रधानमन्त्री ओलीलाई परम्परागत निमन्त्रणा
- बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी
- ठूलालाई चैन सानालाई ऐन
- सेयरबजार किन यसरी उपेक्षित भइरहन्छ ?
- सिक्टा सिँचाइ आयोजना : कृषिका लागि वरदान
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया