दोलखा ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्लामा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ । सोमबार राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्मको लागि पाचौँ पटक निषेधाज्ञा थप गरिएको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले सक्रिय संक्रमितको संख्या उल्लेख्य रहेका कारण संक्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको बताए । असार ७ गतेसम्म गरी जिल्लामा ४८ दिन निषेधाज्ञा हुँदा तल्लो तहका नागरिक धेरै प्रभावित बनेका छन् ।
लगातार भएको निषेधाज्ञाका कारण किसानले उत्पादन गरेका तरकारी, फलफूल बारीमै कुहिन थालेका छन् । वैशाखमा दल राखेको खुर्सानीका बिरुवा हुर्केर बिक्री गर्ने बेला हुँदा पनि बन्दले बिक्री गर्न नसकिएको भीमेश्वर नगरपालिका किसानको दुखेसो छ ।
निषेधाज्ञाकै कारण बारीभरि लगाएको तरकारी बारीमै कुहिन थालेको भीमेश्वर मकैबारीका किसान पुष्कर बस्नेतले बताए । बस्नेत भन्छन्, ‘पहिला बिहान बजार खुल्थ्यो धेरथोर तरकारी बिक्री हुनेगरेको थियो तर अहिले बिहान ५ बजेदेखि नै बजार बन्द हुन्छ ।’ बिक्री हुने आसले डोकोभरी बजार लगेको तरकारी पनि फिर्ता ल्याउनुपरेको उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया