विराट नेपाल मेडिकल ट्रष्टद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
जनकपुरधाम ।
विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय महोत्तरीमार्फत कोरोना महामारीको समयमा क्षयरोगीलाई उपचार गर्ने स्वास्थ्यकर्मी तथा क्षयरोगी विपन्न बिरामी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाका १५ स्थानीय तहका लागि उक्त स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । ट्रष्टका प्रोजेक्ट कोडिनेटर डा. मनोज कुमार साहले स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवलाई छ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीलाई प्रदान गरिएको सामानहरुमा पीपीई, सर्जिकल मास्क, केएन९५ मास्क, ग्लोभ्स, फेस सिल्ड, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री रहेका छन् । त्यस्तै ट्रष्टले एक सय जना क्षयरोगीका विपन्न बिरामीलाई हाइजेनिक किट दिने भएको छ । विराट नेपाल मेडिकल ट्रष्टले इम्पेक्ट टीबी परियोजनाअन्तर्गत क्षयरोग नियन्त्रणको काम विगत चार वर्षदेखि गर्दै आइरहेको छ ।
विगतको वर्षहरुमा पनि ट्रष्टले क्षयरोगीलाई खाद्यान्न र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । साथै क्षयरोगका बिरामी पत्ता लगाउन जिल्ला स्वास्थ्य कार्यालय ल्याब, रामगोपालपुर र गौशाला प्राथमिक स्वास्थ्य कोन्द्रलाई पाँच महिनाको लागि एक–एक जना ल्याब कर्मचारी खटाइएको कार्यक्रम संयोजक डा. साहले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया