दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश, अनलाइन पेमेन्टमा विशेष छुट
काठमाडौं ।
अनलाइन बजार कम्पनी दराजको बैंक डेज अफरमा थप तीन बैंक समावेश भएका छन् । कम्पनीले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको हो । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा १५ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।
कम्पनीले यी थप गरिएका बैंकहरुका साथै दराजका चार अन्य साझेदार बैंकहरू सानिमा बैंक, एनआईसी एसिया बैंक, नाबिल बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्नलागेको हो । दराज बैंक डेजमार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छुटको मजा लिन सक्नेछन् । माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार माछापुच्छ्रे बैंक र मेगा बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशतदेखि पाँच सयसम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् भने हिमालयन बैंकको प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् ।
यसैगरी दराज बैंक डेज अफरअन्तर्गत, ग्राहकहरु हप्ताभरि दराजका अन्य साझेदार बैंकहरुबाट उस्तै छुटको मजा लिन सक्नेछन् । सोमबार सानिमा बैंक र बुधबार एनआईसी एसिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट र डेबिट कार्ड भुक्तानमा १० प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् । यस्तै शुक्रबार नबिल बैंक र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशतदेखि अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ ।
अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र यस प्रस्तावको लागि योग्य रहने कम्पनीको भनाइ छ । यसबाहेक, कार्ड सक्रिय नभएमा ग्राहकहरुले दराज एपमा गई बैंकहरुले दिएको चरणहरू अनुसरण गर्न सक्नेछन् । त्यसैगरी इच्छुक ग्राहकहरूले अब माथि उल्लिखित कुनै पनि बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिनसक्ने दराजले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया