नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन
काठमाडौं ।
बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ । यो कम्पनी अमेजन वेब सर्भिस, गुगल र माइक्रोसफ्टको आधिकारिक साझेदार हो ।
संसारका विभिन्न आठ स्थानबाट सेवा प्रवाह गरिरहेको यो कम्पनीले बेलायत, भारत, पाकिस्तान, बंगलादेश र नेपालको सफल अनुभवपछि फिनल्याण्डबाट नर्डिक क्षेत्रमा पनि सेवा विस्तार गर्न लागिएको बताएको छ । डिजिटल दुनियाँप्रति फिनल्याण्डको आकर्षण जेनिसको उद्देश्यसँग मिल्ने भएकाले हेलसिन्कीबाट सेवा विस्तार गर्दा ग्राहक बढ्ने र बजारसँग पहुँच पुग्ने आशा कम्पनीले राखेको छ ।
संसारैभर व्यवसाय सञ्चालन र सेवा विस्तारको सञ्जाल बढाउने उद्देश्यअन्तर्गत नै नर्डिक क्षेत्रमा सेवा विस्तार गरिएको हो । ‘जीएस नर्डिक ओय’मार्फत जेनिसले अमेजन वेब सर्भिस, गुगल, अलिबाबा क्लाउडजस्ता विश्वव्यापी क्लाउड सेवा प्रदायकहरुसँग मिलेर आफ्नो सेवा विश्वव्यापी बनाउने उद्देश्य राखेको छ ।
यो सेवा विस्तारबाट नर्डिक क्षेत्रका उपभोक्ताले उच्च गुणस्तर र न्यून लागतको सफ्टवेयर डेभलपमेन्ट, क्लाउड माइग्रेसन्स, एसईओ, इमेल सेवा र इन्टरनेट सुरक्षालगायतका सेवा पाउनेछन् । ‘जीएस नर्डिक ओय’को नेतृत्व लार्स नेभलइननले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र लउरा कर्पानेनले प्रमुख बजार अधिकारी (चिफ मार्केटिङ अफिसर)को रुपमा गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया