Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज रातिदेखि मौन अवतिध सुरु

आज रातिदेखि मौन अवतिध सुरु


काठमाडौँ, माघ ६
राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि आज सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन माघ ९ गते बिहीबार हुनेछ । निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टा अगाडि मौन अवधि सुरु हुन्छ । मुलुकका सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ । मौन अवधिमा कुनै पनि सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार कार्य गर्न गराउन नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आइतबार जारी विज्ञप्तिमा मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको जनाइएको छ ।

मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तत्र्रिmया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइनेछैन । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न÷गराउन आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x