मनाड. ।
अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुननसक्दा खाद्यान्न अभाव भएको छ ।
जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलहरूले केही मात्रामा भण्डारण गरे पनि निरन्तर सामग्री आपूर्ति गर्न नसक्दा विपत्को समयमा खाद्यान्न अभाव भएको स्थानीयवासी विनोद गुरुङले जानकारी दिए । पर्यटकीय क्षेत्र भएकाले जिल्लामा भण्डारण कम र दैनिक ढुवानी हुनेहुँदा होटेल व्यवसायीले खाद्यान्न भण्डारण गर्नेगरेकाले अहिले समस्या परेको गुरुङले बताए ।
बाढी पहिराले जिल्लाका एक गाउँबाट अर्को गाउँमा जानसक्ने अवस्था छैन । त्यसैले खाद्य सामग्री अभाव हुँदै गएको बताइएको छ । मस्र्याङ्दी नदीमा बाढीको सतह कम हुने अवस्था छैन । वर्षा हालसम्म पनि निरन्तर रहेकाले माथिल्लो मनाङमा बाढीको प्रभाव देखिनथालेको स्थानीयवासी बताउँछन् । बाढी पहिरो जिल्लाका प्रायः सडक अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि सफल हुननसकेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
जिल्लामा केही मात्रामा खाद्यवस्तु भण्डारण रहेको उनले बताए । ‘सडक अवरुद्ध हुँदा केही भण्डारमा रहेको खाद्यसामग्री अभाव भएको स्थानमा पु¥याउन सकिएको छैन’, उनले भने । विगतमा दैनिकरूपमा खाद्यसामग्री ल्याउन सहज हुँदा र भण्डारण नगरिँदा अहिले समस्या सिर्जना भएको हो ।
कोरोना कहरले गर्दा खाद्यान्न ढुवानीसमेत कम भएकाले हाल अभाव भएको स्थानीयवासीको भनाइ छ । भविष्यमा हुनसक्ने सम्भाव्यतालाई दृष्टिगत गर्दै भण्डारण नगर्दा विपत्मा समस्या भएको उनीहरूको भनाइ छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि पैदल यात्राबाट पुग्ने अवस्था नभएर हेलिकोप्टरको सहारामा मात्रै सामग्री आदानप्रदान र पुग्नसक्ने अवस्था रहेको बताइएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया