Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी बड्स एयर२ र बड्स एयर२ नियो पनि नेपाली बजारमा

रियलमी बड्स एयर२ र बड्स एयर२ नियो पनि नेपाली बजारमा


काठमाडौं ।
रियलमीले नेपाली बजारमा ‘रियलमी बड्स एयर२’ र ‘रियलमी बड्स एयर२ नियो’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण नेपालमा सार्वजनिक गरेको छ । बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुवै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।

उद्योगको शीर्षस्तरअन्तर्गत अडियो गुणस्तर प्रदान गर्न यी बड्सहरु विश्वको टप १०० डिजे, सांगीतिक समूह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रियाबमोजिम डायमण्ड आकारमा उच्च गुणस्तरको कार्बन बनावट रहेको छ । यी दुई नयाँ उच्च गुणस्तरका टीडब्लुएस बड्स एनएनसी प्रविधिमा आधारित छन् साथै २५ डिबीको ध्वनि ह्रास गर्ने तथा कम फ्रिक्वेन्सीका आवाज/होहल्लालाई प्रभावकारी रुपमा कम गर्नसक्छ । यी नयाँ संस्करणमा ब्याट्रीको क्षमता, उच्चतम अडियो, डिजाइन आकर्षकतामा पनि सुधार गरिएको छ । सामान्यतया महँगा उपकरणमा मात्र उपलब्ध हुने गरेको नोइज क्यान्सलेसेन प्रविधि रियलमीले औसत वर्गका प्रयोगकर्ताको लागि पनि किफायती रहेको रियलमी बड्स एअर २ मा यो प्रविधि ल्याएको छ ।

कम्पनीका अनुसार रियलमी बड्स एयर२ र एयर२ नियोले २५ डीबीसम्म नोइज क्यान्सलेसन गर्न सक्दछ । यसमा आर२ चिपको प्रयोग गरिएको छ, जसले मूल आवाजलाई समर्थन गरेर बाह्य होहल्ला रोक्न मद्दत गर्छ । ट्रान्सपरेन्सी मोड बडस् एयर२ र बडस् एयर२ नियो दुवै उपकरणका लागि थप फिचर हो । ताररहित यी दुवै एयरफोनहरु ध्वनि पिकअपका लागि डबल माइक्रोफोनले सुसज्जित छन् ।

आधुनिक युवाका लागि एयर बड्स एक फेसन उपकरण पनि हो । संगीत सुन्न, फोन गर्न वा चलचित्र हेर्न अन्य उपकरण भन्दा थप आकर्षणका रुपमा यसको विकास हुँदै गएको छ । कम्पनीले बड्स एयर२ का नयाँ संस्करणका यी दुवै उपकरणलाई विगतका अनुभव र उपभोक्ताको आवश्यकताअनुरुप प्रस्तुत गरेको छ ।

बड्स एयर२ आधुनिक दुई टोन कलर स्प्लिसिंगमा डिजाइनमा उपलब्ध छ । कालो र नीलो तथा चाँदी र सेतो कलरमा उपलब्ध बड्स एयर निकै आकर्षक छ । यसको विशेष आकार र चम्किलो बनावटले यसलाई एक किसिमको स्टाइल आइकन हुने विश्वस्त छ । नयाँ संस्करणका यी दुवै उपकरणमा रड आकारबाट परिवर्तन गरी सिमी आकारमा लगेको छ । साथै ग्लिमिङ मिरर टेक्नोलोजीद्वारा विभिन्न कोणबाट हेर्दा विभिन्न रंग झल्काउनाले यसलाई अझ आकर्षक बनाइएको छ । रियलमी बड एयर२ नियो चौतर्फी अपडेट गरिएको छ । यो सामान्यतया २८ घण्टासम्म र एएनसीका साथ २० घण्टासम्म निरन्तर प्रयोग गर्नयोग्य छ । जुन अघिल्लो संस्करणको तुलनामा ६५ प्रतिशतले बढी हो । रियलमी बड२ ले २५ घण्टासम्म आफ्नो क्षमता विकास गरेको छ ।

यसबाहेक गेम मोडमा विलम्बता ८८ मिली सेकेण्ड छ । भिडियो एसिन्क्रोनी, खेलमा हुने विलम्बता, डिस्कनेक्सन तथा अन्य समस्याहरुमा पनि व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ । आईपीएक्स ५ को वाटरप्रुफ रेटिङ रियलमी लिंक एपका साथ अनुकूल बनाउन खोजिएको छ । अन्ततः एएनसी अन/अफ, इन्टर/एक्जिट, गेमिङ मोड, ईक्यु सेटिङ नियन्त्रण थप इन्टिलिजेन्ट टच कन्ट्रोल, स्मार्टवेयर डिटेक्सन, गुगल फास्ट पेयर र अन्य फिचरहरु पनि उपलब्ध रहेको छन् ।

अग्रगामी प्रविधिका रुपमा लोकप्रिय बन्दै गएको रियलमी विश्वव्यापी रुपमा आफ्ना प्रयोगकर्ताहरुलाई प्रविधिको अधिक र उत्कृष्ट अनुभव प्रदानका लागि कटिबद्ध रहेको छ । यसैका लागि नै कम्पनीले रियलमी बड्स एयर२ र बड्स एयर२ नियोलाई सार्वजनिक गरेको हो । आगामी दिनमा रियलमीले एआईओटी उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिएकोमा स्मार्ट र स्टाइलिस डिजाइनका उपकरणको उत्पादन गर्नमा जोड दिने र यसका लागि आवश्यक लगानी गर्ने बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x