कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात
दोलखा ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि स्थानीय युवाले मदिरा सेवन गरेर हातपात गरेका छन् । राति १२ बजे स्थानीय गोपाल तिमिस्सिना, रोशन पोखरेल, विजुले नेपाली र कुमार श्रेष्ठले अस्पताल प्रवेश गरी डा. रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेका हुन् ।
अस्पतालका अनुसार कोभिड अस्पतालमा उनीहरू खुट्टाको उपचार गर्न आएको र उनीहरूलाई अस्पतालबाहिरै परीक्षण गर्न भन्दा हातपात गरेका हुन् । ‘अस्पतालभित्र कोभिडका बिरामी भएकाले मैले बाहिरै जाँच गर्छु भनेँ,’ चिकित्सक कार्कीले भने, ‘उनीहरूले हामीले बनाएको अस्पतालमा भित्र छिर्न नपाइने भन्दै हातपात गरे ।’ चार युवाले आफूहरूमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा कर्मचारी भागेर बसेको जनाइएको छ । साथै उनीहरूले अस्पतालमा आगो लगाइदिने र ज्यान मार्ने धम्की समेत दिएका थिए । अस्पतालले आक्रमणमा संलग्नलाई कारबाही गर्न माग राखी विज्ञप्ति समेत जारी गरेको छ ।
प्रहरीले हातपात गर्ने चार जनामध्ये तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले तिमिस्सिना, पोखरेल र नेपालीलाई नियन्त्रणमा लिएको हो । श्रेष्ठ भने फरार छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र कानुननुसार कारबाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए ।
चिकित्सक र कर्मचारीमाथि आक्रमण गर्ने समूहलाई आवश्यक कारबाही गर्न गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले माग गरेका छन् । गाउँपालिकामा कोभिडका बिरामीको उपचारका लागि पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पतालमा हाल कोरोनाका दुई जना बिरामी छन् । अस्पतालमा एक चिकित्सकसहित सात जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया