स्वास्थ्य सामग्री सहयोगको उपयोगमा प्रश्न
काठमाडौं । कोरोना महामारी विश्वव्यापी रोग हो । प्रत्येक मुलुक यसबाट पीडित छन् । ठूला–साना धनी/गरिब आश्रय दिनेलिने सबैको साझा रोग हो यो । डेढ वर्षदेखि विश्वव्यापी बनेको यो रोगसँग संसार कतै दोस्रो कतै तेस्रो र कतै चौथोे लहर झेलिरहेको छ । नेपाल भने दोस्रो लहरमा छ । यतिबेला छिमेकी देश भारतमा तेस्रो लहरको चर्चा चलिरहेको अवस्था छ जसले नेपाललाई पनि सतर्क गराउँछ ।
नेपालका लागि भारतमा हुने कोरोना विस्तारको विशेष अर्थ राख्ने हुन्छ । पहिलो लहर संसारकै लागि सिक्ने एउटा अवसर थियो । नेपालले त्यसबाट खासै सिकेको पाइएन । अस्पतालको शय्याको व्यवस्थापनदेखिका धेरै कुरा पर्छन् यसमा । दोस्रो लहरमा मानवीय क्षति पहिलोभन्दा धेरै भयो । त्यसको कारण थियो उपचारका लागि सामान्यरूपको अक्सिजनसमेत नपाइनु । अक्सिजन आफ्नै देशभित्र उत्पादन गर्नसकिने वस्तु हो । त्यसको अभाव भनेको राज्यले ध्यान नदिएको अवस्था नै हो ।
यो कुरा यो ठाउँमा र यतिबेला उल्लेख हुनुपर्ने कारण यतिबेला नेपाललाई कोरोना महामारीकोे लहरविरुद्ध लड्नका लागि सहयोग प्राप्त भइरहेको छ । खोपमा होस् कि उपचारका सामग्रीमा । कहिले कता कहिले कताबाट केही न केही आइरहेको र पाइरहेको अवस्था छ । दिनहुँ नै यसप्रकारका समाचार आइरहेका छन् तर त्यसको उपयोग सहीरूपमा भएको छ÷छैन भन्ने आमरूपमा नै प्रश्न उठ्न थालेको छ ।
विभिन्न देशबाट प्राप्त अनुदानका सामग्रीहरूमा मन्त्री र सांसदले आफ्नो नामको लेबल लगाएर वितरण गरेका भन्ने समाचार आए । त्यसको छानबिन भएन । हुँदै जाँदा मन्त्रीले नै खोपमा समेत आफ्ना मान्छे छानेर खोप दिएका समाचार आउँदा पनि कुरो सामसुम पार्न खोजियो । यी काम एकप्रकारका सामाजिक अपराध थिए । दोस्रो मात्राको खोप पाउनुपर्नेलाई दिन सकिएको छैन तर उता यो तहबाटै चोरी भइरहेका थिए । यो सहयोगको सही उपयोग हुननसकेको अवस्था हो ।
पछिल्लो समय पनि विभिन्न देशबाट स्वास्थ्य सामग्री उपलब्ध भइरहेका छन् । यो नेपालप्रति संसारले देखाएको सहानुभूति हो । यो हप्ताको प्रारम्भमै युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले नेपालीहरूलाई कोरोनाबाट जे–जति मात्रामा हो जोगाउन जोगिनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री पठायो । यो देशले ती उपकरण तथा सामग्री नेपाल सरकारको सहायताको अपिललाई आत्मसात गरेर पठाइएका हुन् भन्ने बुझ्न सकिन्छ ।
युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो इटली । युरोपियन युनियनका अन्य राष्ट्रहरू स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड इंगल्याण्ड आदिबाट पनि आए र आउनेक्रम जारी छ ।
इटाली कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेको देश हो । यो सन्दर्भमा यो सहयोग युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरूप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक मानिएको अवस्था छ । यही रूपले समाचार आएका छन् । यो ठाउँमा पनि प्रश्न उठ्छ यसको उपयोग कस्तो हुने हो । कारण जेसुकै होउन यस्तो सहयोगको सही रूपले उपयोग हुनसकेन भने मित्रराष्ट्रहरूले देखाएका यस्ता सद्भाव खेर जान्छन् । सही उपयोगका लागि समयमै ध्यान पुगोस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया