Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्रेट वाल मोटर्सका प्रिमियम गाडी नेपालमा

ग्रेट वाल मोटर्सका प्रिमियम गाडी नेपालमा


काठमाडौं ।
विश्वविख्यात अटोमोबाइल ब्राण्ड ग्रेट वाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस बहुप्रतीक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको हो ।

कम्पनीले नेपालमा आफ्नो उपस्थिति तीन गाडीहरुबाट सुरु गरेको छ । कम्पनीका अनुसार एसयूभी वर्गमा तेस्रो जेनेरेसन हाभल एच६ र हाभल जलियन छ भने पिकअप वर्गमा पोयर रहेको छ । दुवै मोडलहरुको लुक, इन्टिरियर स्पेस, ओभरअल पर्फमेन्स, इन्टेलिजेन्स र सेफ्टीलाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको कम्पनीले जनाएको छ ।

नेपालको लागि ग्रेट वाल मोटर्सको आधिकारिक आयातकर्ता र बिक्रेता भिजी इम्पेक्स प्रालि छ । कम्पनीका अनुसार दुई पक्षबीचको सहयोगले कम्पनीका उत्पादनले सजिलै स्थानीय बजारमा प्रभाव छाड्ने र नेपाली अटोमोबाइल क्षेत्रको विकासमा सहयोग पु¥याउनेछ । ग्रेट वाल मोटर्सले नेपालमा दीर्घकालीन व्यापार रणनीति अनुसरण गर्दै नवीन उत्पादनहरुमार्फत प्रतिस्पर्धात्मक वातावरण बनाउन सघाउ पु¥याउने र बजारको मागलाई गाइड गर्ने जनाएको छ ।

तीन नयाँ मोडलहरु तेस्रो जेनेरेसन हाभल एच६ र हाभल जलियन र पोयरका साथ बजार प्रवेश गरेको कम्पनीले आफ्नाका प्रशंसकहरुका लागि हाल बजारको अवस्थालाई मध्यनजर गर्दै चाडै नै भर्चुअल कार सोकेस होस्ट गर्ने पनि जनाएको छ ।

राम्रो बनावट र प्रिमियम विशेषताले भरिपूर्ण तेस्रो जेनेरेसन हाभल एच६ मा शक्तिशाली २.० लिटर पेट्रोल टर्बो इन्जिन छ, त्यसैगरी हाभल जलियनमा १.५ लि पेट्रोल टर्बो इन्जिन र पोयरमा २.० लि डिजल टर्बो इन्जिन छ । कम्पनीको सोरुम थापाथली, काठमाडौंमा अवस्थित छ । साथै आगामी दिनमा यसको नेटवर्क नेपालभरिका प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । अहिलेको परिस्थिति सहज भएपछि कम्पनीले आफ्नो ब्रान्ड र उत्पादनलाई नयाँ ढंगले बजार विस्तार गर्ने र चाँडै अत्याधुनिक सेवा केन्द्र सुचारु पनि जनाएको छ ।

कम्पनीले निकट भविष्यमा नै नयाँ जेनेरेसनको इलेक्ट्रिक कार, ओरा आर१ नेपाली बजारमा ल्याउने योजना बनाएको छ, जुन आकर्षक बनावटका साथै सुरक्षित र विशेष सुविधाहरुसहित आउने छ । साथै कम्पनीले विङ्गल पिकअप पनि छिटै बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । ग्रेट वाल मोटर्स एसयूभी र पिकअप ट्रकको ग्लोबल निर्माता हो ।

धेरै वर्षसम्म एसयूभी र पिकअपहरुले लगातार चिनियाँ बजारको बिक्रीमा नेतृत्व गरिरहेको छ । चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो । आफ्नो वर्गमा सही उपस्थिति बनाउन कम्पनीले फोकस, डेडिकेसन, स्पेसलाइजेसनको अवधारणा अनुसरण गरेको छ । चीनबाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा पाँच सयभन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्कमार्फत आफ्ना उत्पादनहरु वितरण गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x