पर्याप्त पैसा भएपछि बैंकहरूले लिएनन् सापटी
‘निषेधाज्ञाकै कारण अन्तरबैंक कारोबार घटेको हो’
काठमाडौं । कोरोना संक्रमणको विश्व महामारी र यसको नियन्त्रण तथा रोकथामको लागि सरकारले जारी गरेको निषेधाज्ञाकै कारण बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार रकम अर्थात् एउटा बैंक तथा वित्तीय संस्थाले अर्को बैंक तथा वित्तीय संस्थासँग अल्पकालीन अवधिको लिने लिने सापटी रकम घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र २० वटा फाइनान्ससहितका कुल ६५ वटा बैंक तथा फाइनान्स कम्पनीहरूले १३ खर्ब २० अर्ब ९७ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् ।
सोमध्ये वाणिज्य बैंकहरूले मात्र ११ खर्ब ५६ अर्ब र विकास बैंक र फाइनान्स कम्पनीहरूले एक खर्ब ६४ अर्ब ९६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आवको सोही अवधिमा भने लघुुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूले कुुल १४ खर्ब ९८ अर्ब ९२ करोड रुपैयाँबराबरको अन्तरबैक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरूले मात्र १३ खर्ब ८० अर्ब ८५ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले एक खर्ब १८ अर्ब सात करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुसार सोही आधारमा २०७७ वैशाखमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन दशमलव ५१ प्रतिशत रहेकोमा २०७८ वैशाखमा दुुई दशमलव २८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ वैशाखमा चार दशमलव छ प्रतिशत रहेकोमा २०७८ वैशाखमा चार दशमलव १२ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तरबैंक ब्याजदर २०७८ वैशाखमा चार दशमलव १२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको औसत आधार दर २०७७ वैशाखमा आठ दशमलव ९६ प्रतिशत रहेकोमा २०७८ वैशाखमा छ दशमलव ८३ प्रतिशत कायम भएको छ । २०७८ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरू क्रमशः छ दशमलव ४४ प्रतिशत र १० दशमलव ९९ प्रतिशत रहेका थिए
सीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महत पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सानुकाजी महतलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका–७ स्थायी वतन भएका ४६ वर्षीय महतलाई बिहीबार काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा पाँच दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कुल २० दिन कैद र ४८ लाख जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार महतले २०७६ सालमा महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँबराबरको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय ठहर भएको थियो । पक्राउ परेका महतलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया