जिपको नयाँ ‘कम्पास’ अब नेपालमा
काठमाडौं ।
नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । यसअघि नै प्रि–बुकिङको घोषणा गरिसकेको एमएडब्लु लाइफले सोही दिनदेखि नयाँ कम्पासको डेलिभरी पनि सुरु गर्ने जानकारी दिएको छ ।
स्पोर्ट, लंगिच्युट, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध हुने नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँको बीचमा राखिएको छ । नयाँ कम्पास अघिल्लो मोडेलझैँ दुईवटा पावर ट्रेनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । १.४ लिटरको मल्टिएअर टर्बोइन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो छ स्पिड म्यानुअल ट्रान्समिसन र सात स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।
त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने छ स्पिड म्यानुअल ट्रान्समिसन र नौ स्पिड अटोमेटिक ट्रान्समिसनका उपलब्ध हुनेछ । नयाँ कम्पासको स्टाइल अघिल्लो संस्करणमा झैँ उल्लेखनीय छ । यसमा पहिलेझैँ सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क, रिफ्लेक्टर र एलईडी प्रोजेक्टरसहितको हेडल्याम्प रहनेछ । तर इन्टेरियरमा भने व्यापक परिवर्तन गरिएको कम्पनीको भनाइ छ ।
२०२१ कम्पासको क्याबिनमा उल्लेखनीय काम गरिनुका साथै धेरै फिचर थपिएको छ । यसमा मेटल ब्रोले घेरिएको मिड–बोल्स्टर पिस छ जसले इन्टेरियरको आकर्षणलाई बेजोड बनाएको छ । ड्यास बोर्ड डिजाइन पनि अपडेट गरिएको छ । ग्राहकले ट्रिम र भेरियन्टअनुसार लेदर र फेब्रिक अप होल्स्ट्रीमा डुअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउनेछन् ।
एमएडब्लु लाइफले यसको स्टोरेज अप्सन ग्राहकमैत्री हुने अपेक्षा कम्पनीको छ । नयाँ कम्पासमा फिप्थ जेनेरेसन युकनेक्टसहितको १०.१ इन्चको हाई डेफिनेसन डिस्प्ले हुनेछ । साथै यसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्सन हुनेछ । कन्टेन्ट स्क्रिनलाई स्टेरिङमा रााखिएको बटनहरूबाट कन्ट्रोल गर्न सकिन्छ । त्यसपछि यसमा ३६० डिग्री रिमोट क्यामेरा, क्रुज कन्ट्रोल, बटन अपरेटेड पावर लिफ्ट गेट पनि हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया