स्थानीय तहलाई बाल विकास शिक्षकको तलब वृद्धि गर्न सकस
दोलखा ।
सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक र कार्यालय सहयोगीको न्यूनतम पारिश्रमिक १५ हजार पु-याउने घोषणा गरेर त्यसको भार स्थानीय तहलाई बोकाइदिए पनि स्थानीय तह तलब वृद्धिको बारेमा अन्यौलमा परेका छन् ।
देशभरका सामुदायिक विद्यालयमा ईसीडी शिक्षकहरु न्यून पारिश्रमिकमा बाल विकास कक्षामा पठनपाठन गराउँदै आएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ईसीडी शिक्षक र कार्यालय सहयोगीको तलब आगामी साउनदेखि वृद्धि गर्ने बताएका थिए । संघीय सरकारले छ हजार तलबमा काम गर्दै आएका शिक्षकलाई दुई हजार थप गरेर आठ हजार रुपैयाँ उपलब्ध गराउने र बाँकी रहेको सात हजार रुपैयाँ स्थानीय सरकारले थप गरेर १५ हजार रुपैयाँ पु-याउनुपर्ने बजेटमा उल्लेख छ । तर गाउँपालिका महासंघले उक्त निर्णयको विरोध गर्दै संघीय सरकारले नै पूरै रकम उपलब्ध गराउनुपर्ने माग राख्दै आइरहेको छ ।
यता दोलखाको बैतेश्वर गाउँपालिका भने ईसीडी शिक्षकको पारिश्रमिक वृद्धि गर्न सकारात्मक रहेको छ । तलबवृद्धि गर्नेबारे गाउँपालिका सकारात्मक रहेको पालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । गाउँपालिकाले असार २८ गते बजेट पास गर्ने र सोही दिनको बैठकमा तलबवृद्धिको बारेमा पनि गर्ने उनले जानकारी दिए । कार्यपालिकाको यसअघिको बैठकमा पनि पारिश्रमिक वृद्धिको विषयमा कुरा उठेकोले आगामी बैठक छलफल गरी निर्णय गर्ने आचार्यले बताए ।
गाउँपालिकाभित्र करिब ३० जना बालविकास शिक्षक रहेका छन् । यसअघि उनीहरुले मासिक नौ हजार रुपैयाँ पारिश्रमिकमा बुझ्दै आएका छन् । जिल्लाका अन्य स्थानीय तहहरुले भने केन्द्रबाट बजेटको व्यवस्थापन नभएकाले स्थानीय तहले तलब वृद्धि गर्न नसकिने बताउँदै आएका छन् । उनीहरुले हालसम्म पारिश्रमिक वृद्धिको ठोस निर्णय लिनसकेका छैनन् । केही स्थानीय तह भने अन्य स्थानीयतहको निर्णय कुरेर बसेको समेत बुझिएको छ ।
बैतेश्वर गाउँपालिकाले भने बजेटको सशर्त अनुदान र विकास अनुदानको बजेट हेरेर निर्णय लिने बताएको छ । बैतेश्वरमा ३० जना शिक्षकको तलब वृद्धि गर्न गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट छुट्याउनुपर्ने गाउँपालिका उपाध्यक्ष आचार्यको भनाइ छ । केन्द्र सरकार र प्रदेश सरकारले धेरथोर बजेटको व्यवस्थापन गरे तलबवृद्धि गर्न सहज हुने गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी बाल शिक्षक तलब वृद्धिलगायतको माग गर्दै शिक्षक महासंघ दोलखा, शिक्षक संघ दोलखा र गाउँपालिकाहरुले स्थानीयतह हरुको ध्यानाकर्षण समेत गराएका छन् । ध्यानाकर्षण पत्रमा शिक्षक महासंघ, पेशागत संघ/संगठनहरुद्वारा नेपाल सरकारसँग गरिएका ३० बुँदे माग कार्यान्वयन गर्ने लगायत ११ सूत्रीय माग पेश गरिएको नेपाल शिक्षक संघ बैतेश्वरका अध्यक्ष पुष्कर कुमार दाहालले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया