जलेश्वर ।
पुस्तौँदेखि जोतभोग र भोगचलन गर्दै आएका बर्दिबास नगरपालिका क्षेत्रभित्रका बसोबासीलाई जग्गा उपलब्ध गराउन बर्दिबास नगरपालिका क्षेत्रमा नापी पक्रिया सुरु भएको छ । महोत्तरी जिल्लाको सबैभन्दा बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास भएको नगरपालिका क्षेत्रभित्रका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एक पटकका लागि घर, घडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउनका लागि नगरपालिकाले नगरक्षेत्रमा नापी प्रक्रिया अगाडि बढाएको नगर प्रमुख विदुरकुमार कार्कीले बताए । नगरपालिकाले पनि आयोगको समन्वयमा आफ्ना १४ वटै वडामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पहिचान गर्नका लागि जग्गा नापजाँच प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाएको नगरप्रमुख कार्कीले जानकारी दिए ।
विसं २०७७ मङ्सिर २४ गते भूमिसम्बन्धी समस्या सावधान आयोग र नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर साकिएलगत्तै नगरपालिकाभित्रका भूमिसमबन्धी आधारभूत स्थितिको अध्ययन भएको थियो । ३५ दिनभित्र लगत संकलन सकेर सम्पूर्ण तथ्यांक पठाइसक्ने सम्झौताअनुसार त्योभन्दा अगावै सम्पूर्ण लगत संकलनको कार्य सकी सम्बन्धित कार्यलयमा पठाइसकिएको र असोज मसान्तभित्र सम्पूर्ण प्रमाणीकरण सकी धनीपुर्जा जनताको हातहातमा वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ ।
नगरस्तरीय सहजीकरण समिति र वडास्तरीय सहजीकरण समिति गठन गरी कोरोना महामारीको बीचमा भएको निषेधाज्ञामासमेत दूरी कायम गरी नगरपालिकाले नापी प्रक्रियालाई निरन्तरता दिँदै आएको छ । लगत संकलन र प्रमाणीकरणको कार्य पूरा भई नापीकार्यले तीव्रता पाएपछि स्थानीयवासी खुशी देखिएका छन् । नगरपालिकाभरिका जनप्रतिनिधिले चुनावी अभियानमा पनि अव्यवस्थित बसोबास र वर्षौदेखि उपभोग गर्दै आएका सर्वसाधारणलाई धनीपुर्जा दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नगरपालिकाले विवरण संकलनका लागि ३० वटा गणकलाई खटाएको छ भने अहिले वडा न ६ को सम्पूर्ण नापजाँच कार्य सम्पन्न भइसकेको छ । त्यस्तै वडा न १, ३, ४, ५ र ११ मा एकैसाथ नापीकार्य र जीआईएस म्यापमा प्रविष्ट गर्ने कार्य भइरहेको छ । जनप्रतिनिधि स्वयम् जग्गा नापीमा संग्लन प्राविधिकलाई बीचबीचमा देखिने विवाद समाधान र सहजीकरणको लागि सँगै खटिरहेका छन् । बर्दिबास नगरपालकाभित्र अहिले नौ हजार चार सय ५९ फारमबाट विवरण समावेश भएको छ भने दुई हजार पाँच सय ६८ कित्ता नापजाँच सम्पन्न भइसकेको छ । उक्त तथ्यांकलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया