स्वास्थ्य केन्द्रका लागि निःशुल्क जग्गा प्रदान
स्याड.जा ।
पालिकाको माताहातमा रहने गरी पुतलीबजार नगरपालिका–४, नागडाडामा बन्न लागेको आधारभूत स्वास्थ्य केन्द्रका लागि निःशुल्क जग्गा हस्तान्तरण गरिएको छ । सोही स्थानका सेतीदेवी पोखरेल र चुडामणि पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरी जग्गा उपलब्ध गराएका हुन् ।
जग्गाधनी प्रमाणपुर्जा ग्रहण गर्दै नगरप्रमुख क्षेत्रीले जग्गा उपलब्ध गराएकोमा द्वोय पोखरेललाई धन्यबाद व्यक्त गरिन् । नगरप्रमुख क्षेत्रीले प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराइने बताइन् । सोही अवसरमा जग्गा दाताद्वोय पोखरेललाई क्षेत्रीले खादा लगाई सम्मान गरेकी थिइन् । आधारभूत स्वास्थ्य केन्द्रका लागि निःशुल्करूपमा स्थानीय चुडामणि पोखरेलले १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आजा ३ दाम जग्गा उपलब्ध गराएका हुन् ।
उनीहरूले मालपोत कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए । जग्गा हस्तान्तरण कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, ओजना अधिकृत ताराचन्द्र ढकाल, वडा अध्यक्ष ओमबहादुर खड्का र सूर्याेदय क्लबका अध्यक्ष तथा समाजसेवी अनन्त कुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया